Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचित

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचित

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचित
फागुन १८, पोखरा, नेपाल – तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर थिम्जे तमु निर्वाचित भएका छन् । बिहीबार पोखराको केन्द्रीय कार्यालय परिसरमा निर्वाचन भएको हो ।

थिम्जे तमु कास्की माछापुच्छ्रे गाउँपालिका–५ मर्दीखोला हुम्दी डाँडागाउँका हुन् । उनले यसअघि संस्थाको सह–कोषाध्यक्ष, कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

अन्य नवनिर्वाचित पदाधिकारीहरूमा एकजुङ प्ल्हे तमु, वरिष्ठ उपाध्यक्ष, महेन्द्रजंग टू क्ल्हेप्री तमु, गण्डकी प्रदेश उपाध्यक्ष, धर्मराज पह्च्यु तमु, कोशी प्रदेश उपाध्यक्ष, तुलाराम तमु, बागमती प्रदेश उपाध्यक्ष, रामबहादुर तमु, कर्णाली प्रदेश उपाध्यक्ष, सुबेदार देवीबहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्ष, हर्क योजा तमु, महासचिव, अर्जुन तमु, उपमहासचिव, अर्जुन तमु, सहमहासचिव, इन्द्रकुमारी तमु, सचिव, बमबहादुर तमु, सचिव, मञ्जु तमु, कोषाध्यक्ष, शेखर लेगे तमु, सह-कोषाध्यक्ष छन् ।

नयाँ समितिका सदस्यहरुमा जमुना तमु, देवकुमार तमु, मोमप्रसाद तमु, कुलप्रसाद तमु, लालजीत तमु, सोमराज तमु, छत्र तमु, दिल बहादुर तमु, राम तमु, लोककृष्ण तमु, माया तमु, बंदना तमु, तिलप्रसाद तमु, पुष्प कला तमु, अमर तमु, के. भीम बहादुर तमु छन् ।

यस अघिका अध्यक्ष हितकाजी टू क्ल्हेप्री तमु प्ये ल्हु संघ केन्द्रका निवर्तमान अध्यक्ष एव सल्लाहकार हुनु भएको छ ।

सम्पूर्ण फोटो हेर्न तल को लिंकमा जानु होला |

फोटो एल्बम : तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओमबहादुर तमु निर्वाचित

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments