Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु प्ये ल्हु संघद्वारा रोग प्रतिरक्षात्मक होमियोप्याथिक औषधि वितरण

तमु प्ये ल्हु संघद्वारा रोग प्रतिरक्षात्मक होमियोप्याथिक औषधि वितरण

पोखरा, ७ साउन

तमु प्ये ल्हु संघले कास्कीका विभिन्न होमियोप्याथिक औषधि वितरण गरेको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित ल्वाङ गाउँमा रोगप्रतिरोधात्मक शक्ति बढाउने आर्सनिक एलबम ३० होमियोप्याथिक औषधि वितरण गरिएको हो ।

सो होमियोप्याथिक औषधि ल्वाङमा १ सय ५० घरधुरी, खोरामुखका १ सय ४५ घरधुरी र कोलेलीका ५० घरधुरीलाई औषधि वितरण गरिएको हो ।

उक्त अवसरमा तमु प्येल्हु संघ केन्द्रीय समितिका महासचिव हर्क गुरुङले औषधि सम्बन्धी खाने विधि र डोजको बारेमा जानकारी गराएका थिए ।

सो औषधि ल्वाङका निम्ति वडासदस्य पुष्प गुरुङ, खोरामुखका लागि बुद्ध आमा तमु समाजका अध्यक्ष हितमान घलेले ग्रहण गरेका थिए ।

समितिका अध्यक्ष एवं तमु प्येल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष कामना गुरुङले स्वागत र सञ्चालन सचिव कमल गुरुङले गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments