Homeसमाचार | NEWSनेपाल | NEPALतमु आमाहरुलाई कानुनी सचेतना कार्यक्रम

तमु आमाहरुलाई कानुनी सचेतना कार्यक्रम

तमु आमाहरुलाई कानुनी सचेतना कार्यक्रम
पोखरा, ८ चैत्र

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु आमा, दिदिबहिनीहरुलाई कानुनी सचेतना कार्यक्रम संचालन भएको छ।

महिलाहरुलाई कानुनी सचेतना अनिवार्य महसुस गरी तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा, पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रम शुरु भएको हो।

कार्यक्रमको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले कानुनी अज्ञानताले धेरै समस्या झेल्ने परिरकेकाले महिला, आमा, दिदिबहिनी मात्रै नभई बाबा, दाजुभाईहरुमा पनि कानुनी सचेतना जरुरी रहेको बताउनुभयो।

कानुनी अज्ञानता क्षम्य नहुने भएकाले व्यहारिक, प्रथाजनित, विधि विधान, ऐन, कानुुनदेखि संविधान सबै नागरिकले बुझ्नुपर्ने उहाँको भनाई थियो। कानुनी सचेतना तालिमले कानुनी ज्ञान, हामीलाई परिआउने समस्या पहिचान र उन्मुक्तिका लागि मार्ग देखाउन सक्षम हुने बताउनुभयो।उहाँले महिला शसक्तिकरणका लागि वडाहरुमा महिला प्रतिभाकोष स्थापना गरिएकाले उक्त कोषबाट तालिम माग गर्न सकिने बताउनुहुदै आफुले आमा दिदिबहिनीको क्षमता अभिवृद्धि, सशक्तिकरण र व्यवसायिकताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो।

तमु धिं नेपाल केन्द्रीय आमा समितीकी अध्यक्ष पञ्च कुमारी तमुको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष पवित्रा देवी गुरुङद्धारा स्वागत, सचिव बालकुमारी गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य गिता चर्मकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरेन्द्र गुरुङले कार्यक्रमको प्रभावकारीता र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

पोखरा महानगरपालिका वडा नं ९ का शान्ति दर्शन महिला समूहका अध्यक्ष जगन कुमारी गुरुङ तथा शान्ति बन आमा समूहका अध्यक्ष कृष्ण माया चौधरीको समेत गरी ४० जना आमा दिदिबहिनीहरुको सहभागी रहेको पहिलो दिनको तालिमको सहजीकरण तमु धिं नेपालकी महासचिव अधिवक्ता जुना कुमारी गुरुङले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments