किरात राई यायोक्खा शाखा युएईले बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारी बाट श्रृजित बिषम परिस्थितिमा युएई सरकारले जारी गरेको निर्देशिकाहरुको पालना गर्दै किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ को सभापतित्वमा जुम भर्चुअल मार्फत शुभकामना आदानप्रदान गरि किरातीहरुको चाड उभौली साकेल मनाएको छ।
कार्यक्रम किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय महासचिव जनक राई,कतारका अध्यक्ष बिमाल राई , कुवेतका अध्यक्ष मन्जित राई , किराया मकाउका पुर्व अध्यक्ष एवं नेफिन मकाउका संस्थापक अध्यक्ष भिम उच्च राई ,नेफिन युएईका अध्यक्ष महेश मोक्तान,नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल,नेफिन युएईका संरक्षक पासाङ रिन्जी शेर्पा,फोनिज युएईका कार्यसमिति सदस्य एवं किराया युएई शाखा युएईका पुर्व प्रवक्ता तथा किरात दर्पणका डाइरेक्टर तिलक साम्पाङ्ग ,किराया शाखा युएईका केन्द्रिय सल्लाहकार भगवती चाम्लिङ राई , थारु कल्याण्कारिणी सभा युएईका अध्यक्ष खोर बाबू महत्तो,कान्तिपुर पब्लिकेसन्सका सह-सहसम्पादक एवं किराया केन्द्रिय पुर्व सचिव गणेश वाम्वली,UKROA युनाइटेड स्टेट अमेरिकाका अध्यक्ष मुना माङ्गपाहाङ्ग राई ,इजरायलका संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक कुमार राई,उपाध्यक्ष कशिश राई , नेफिन युएईका उपाध्यक्ष डिबि समर्पण ,तामाङ समाज युएईका अध्यक्ष सनिल घिसिङ,किराया साउदी अरबका उपमहासचिव रबिन थुलुङ राई ,सदस्य जित राई ,किराया बहराइनका मिलन राई, फोनिज युएईका सचिव मानु कोन्मे गुरुङ ,मिस्टर इन्डिजिनियस २०१९ पदम खालिङ र किराया युएई अबुधाबी क्षेत्रीय समितिका सल्लाहकार धन राई ,किराया क्षेत्रीय समिति अबुधाबीका सीता राई ,नरेश राराहाङ्ग राई, बिशाल जावा, भिम घिसिङ, नबिन राई, अर्जुन साम्पाङ्ग किराती लगायत केन्द्रिय कार्यसमितिका पदाधिकारी,क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु तथा विभिन्न देशका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले किरायाले नजिकिदै गरेको राष्ट्रिय जनगणना २०७८ लक्षित गर्दै केन्द्रले तय गरेका कार्ययोजना बारे प्रष्ट पार्दै अन्तर्राष्ट्रिय किराया शाखाहरुले नैतिक , भौतिक, आर्थिक र हरेक हिसाबले सहयोग गर्न तत्पर रहन आग्रह गरेका छन। अध्यक्ष राईले “राई” कुनै पगरी नभएको जिकिर गर्दै तथ्यहरु प्रस्तुत गरेका थिए। किरातीहरु संग विभिन्न दस्तावेजहरु र प्रमाणहरु रहेको बताएको छ । राष्ट्रिय जनगणनामा सम्पूर्ण किरातीहरुले जातिको महलमा “राई” , धर्मको महलमा “किरात” र भाषाको महलमा ” आफ्नो मातृभाषा” लेख्न र लेखाउन अनुरोध गर्दै अहम भूमिका निर्बाह गर्नु पर्ने धारणा राखेका थिए भने फरक प्रसाङ्गमा खुवालुङ किरातिहरुको आस्थाको धरोहर भएकोले किराया सम्बन्धित सरोकारवालाहरु सँग समन्वय गरिरहेको र आवश्यक कदमहरु चालिरहेको बताएका छन।
कार्यक्रम समापन गर्दै किराया युएईका अध्यक्ष चन्द्रकला राईले जुम भर्चुअल कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै उभौली साकेलाको शुभकामना व्यक्त गरेका छ्न।

