Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALजिफान द्वारा गण्डकी प्रदेश सरकारलाई सम्मान।

जिफान द्वारा गण्डकी प्रदेश सरकारलाई सम्मान।

जिफान द्वारा गण्डकी प्रदेश सरकारलाई सम्मान।
साउन, २० पोखरा।
नेपाली चलचित्र उद्योग पछिको बैकल्पिक चलचित्र उद्योग तथा मातृभाषि चलचित्र समुदायमा अग्रणी चलचित्र उद्योगको रुपमा स्थापित गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)ले गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्ण चन्द्र पोखरेल नेपालीलाई गुरुङ परम्परा अनुसार पकरी र भाङ्ग्राले सम्मान गरेको छ।
मुख्यमन्त्रीकै कार्यकक्षामा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष भोज बहादुर गुरुङ,कार्यबाहक महासचिव लबसन गुरुङ,सल्लाहकार गिरि प्रसाद गुरुङ,पुर्ब कानुनि सल्लाहाकार कृष्ण कुमार गुरुङ, पुर्ब कार्यबाहक अध्यक्ष राज बहादुर गुरुङ(राजेश) पुर्ब निर्माता निर्देशक बिभाग प्रमुख नौजंग गुरुङ लगायतका कार्यसमिति पदाधिकारी तथा गुरुङ चलचित्र कर्मिहरुले मुख्यमन्त्रीलाई सो सम्मान गरेको हो साथै कार्यक्रममै प्रदेश सभा सदस्य माननीय ललितकला गुरुङलाई पनि घलेक ओडाएर सम्मान गरेका थिए।
गुरुङ चलचित्र र समुदायको भाषा कला र संस्कृतिलाई कुनै न कुनै रुपबाट सम्बर्द्धन गर्दै आईरहेको स्मरण गर्दै अबका दिनहरुमा पनि प्रदेश सरकारको हैसियतबाट झनै साथ सहयोग र माया पाउने कुरामा सदैब अपेक्षारत भएको अबगत गराउदै मुख्यमन्त्रीको सफल कार्यकालको शुभकामना सहित अध्यक्ष भोज बहादुर गुरुङले मुख्यमन्त्री समक्ष आफ्ना भनाई राखेका थिए।
माननीय मुख्यमन्त्री नेपालिले गुरुङ समुदायको भाषा कला र संस्कृतिलाई प्रबर्द्धन र सम्बर्द्धन गर्न जिफानले चलचित्रको माध्यमबाट प्रत्यक्ष भुमिका निर्बाह गर्दै आएको कार्यको प्रशंसा गर्दै गुरुङ चलचित्र गुरुङ समुदायको मात्र नभई बिस्वब्यापी रुपमा रास्ट्रकै पहिचान दिने रास्ट्रीय चलचित्र भएको समेत उहाँले प्रस्ट्याउनु भयो। सो अबसरमा गुरुङ चलचित्रको बिकास र उन्नतिमा प्रदेश सरकारबाट सम्भब हुने सबै किसिमका सहयोगमा प्रदेश सरकार प्रतिबद्ध रहको समेत उहाले आश्वासन दिनुभयो।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका महिला नेत्री एबम् गुरुङ चलचित्रका निर्माता सरस्वती गुरुङ र आदिबासी जनजाति उपसमितिका केन्द्रिय सदस्य तथा नेपाल सांस्कृतिक संघ गण्डकी प्रदेशका सह संयोजक एबम पुर्ब सह महामन्त्री साथै जिफानका पुर्ब कानुनी सल्लाहकार कृष्ण कुमार गुरुङको समन्वयमा भएको उक्त भेटघाट तथा सम्मान कार्यक्रमलाई जिफानका कार्यबाहक महासचिव लबसन गुरुङले संचालन गरेको थियो।
लबसन गुरुङ, कार्यबाहक महासचिव, जिफान

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments