Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALचलचित्रका छायांकार खिमबहादुर गुरुङको निधन

चलचित्रका छायांकार खिमबहादुर गुरुङको निधन

पोखरा । गुरुङ चलचित्रका छायांकार खिमबहादुर गुरुङको ३३ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका ५, समीभञ्ज्याङ घर भएका गुरुङको उपचारको क्रममा सोमबार दिउँसो पोखरास्थित मेडिप्लस हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

गएको असोज १७ गते गाउँ चिनारी गीतको लागि मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुको निउरी आउनुभएका उहाँ बिरामी भएपछि २१ गते पोखरा फर्किनुभएको थियो । २२ गतेदेखि अस्पतालमा भर्ना भएर बस्नुभएका उहाँको फोक्सोमा निमोनिया साथै गम्भीर संक्रमण देखिएको थियो । उहाँको कोभिड संक्रमण समेत देखिएको थियो ।

उहाँको उपचारको क्रममा सोमबार दिउँसो २ बजेर १७ मिनेट जाँदा निधन भएको गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो । मुनाल फिल्मस् प्रालिका संचालक समेत रहनुभएका भोजबहादुरका अनुसार खिमबहादुर गुरुङ २०६३ मा सैं न्होर्बें मु्रस्यो (मनभित्रकी रानी) गुरुङ चलचित्र निर्माणका क्रममा क्यामरा सहयोगी हुँदै गुरुङ चलचित्रको छायांकन र त्यसपछि सम्पादन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

करीब १५ बर्षको समय अवधिमा उहाँले १७ भन्दा बढी गुरुङ चलचित्र, नेपाली भिडियो चलचित्र, बृत्तचित्रलगायतको छायांकन तथा सम्पादन गरिसक्नुभएको छ । उहाँले २ सय भन्दा बढी म्युजिक भिडियो र गाउँ चिनारी गीतको छायांकन तथा सम्पादन मिक्सिङ गरिसक्नुभएको छ ।

गुरुङ फिल्म एसोसिएसनको पूर्व प्राविधिक विभाग प्रमुख समेत रहेनुभएका उहाँ मुनाल फिल्मस् प्रालिसंग आवद्ध हुनुहुन्थ्यो । सुरुका केही समय प्रेम गुरुङसंग मिलेर सुपर युनिक फिल्म पोडक्सन संचालन गर्नुभए पनि पछिल्लो समय उहाँ रोधीं टेलिभिजनका छायांकार तथा सम्पादक साथै स्ट्रिम नेपाल युट्युब च्यानलको एडमिन समेत रहनुभएको थियो ।

उहाँको श्रीमती र ११ बर्षीय छोरा छन् । जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले खिमबहादुर गुरुङको निधनले गुरुङ फिल्म उद्योग तथा नेपाली फिल्मी क्षेत्रमै अपुरणीय क्षति पुगेको बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments