Homeसमाचार | NEWSनेपाल | NEPALगौरवमय ४९७ औं शृङ्खला | वाग्मती सफाइ महाअभियान !!!

गौरवमय ४९७ औं शृङ्खला | वाग्मती सफाइ महाअभियान !!!

काठमाडौं, राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार नियमित संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले आफ्नो गौरवमय ४९७ औं शृङ्खला आज शनिबार गुह्येश्वरी पानी प्रशोधन केन्द्र झोलुङ्गे पुल वारीपारी सरसफाइ,झाडी फाँडेर सम्पन्न गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीले गोर्खाली रेडियो अनलाइनसँग कुराकानी गर्नुहुँदैं सो महाअभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अध्यक्ष उद्धव तिमल्सिना,शहरी विकास विभाग,सिंहदरबारका सहसचिव कोषनाथ अधिकारी,ढुंगेल समाज चिसापानी रामेछाप अध्यक्ष झनक ढुंगेल,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु क्रमशः नारायणकुमार श्रेष्ठ,डा.लक्ष्मी पौंडेल,डा.माला खरेल,गोविन्द काफ्ले,रामशरण कार्की,प्रिया लामिछाने,केशव पुडासैनी,खगेन्द्र कार्की,दुर्गा रावल,नरेश श्रेष्ठ,गंगा पुरी,स्थानीय वासिन्दाहरु,कर्मचारीहरु लगायतको सहभागितामा संकलित दुई मेट्रीक टन फोहोरको व्यवस्थापन काठमाडौं महानगरपालिका,वातावरण तथा कृषि विभाग,टेकु,काठमाडौंले गरेको बताएका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments