Homeसमाचार | NEWSनेपाल | NEPALगौरमा पसलमा आगलागी, तीन नाबालकको मृत्यु

गौरमा पसलमा आगलागी, तीन नाबालकको मृत्यु

जिल्ला सदरमुकाम गौरमा बुधबार राति अचानक लागेको भीषण आगलागीमा माइस्थानचोकस्थित एक पसलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा इस्लाम मियाँका ९, ७ र ५ वर्षका बालबालिका रहेका छन् ।

त्यसैगरी, मियाँका आफन्त मोहम्मद इजराइल मन्सुरी (२६), मोहम्मद इमरान (८) र नसिमा खातुन (२४) जलेको घरबाट बाहिर निस्कन संघर्ष गर्दागर्दै गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, दमकल विभाग र स्थानीयवासीले घण्टौं प्रयास गरेका थिए भने आगलागीबाट करोडौंको धनमाल क्षति भएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको छ । सोही पत्ता लगाउने काम भइरहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments