Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNगोर्खा मिडियाको सोमबार शुभारम्भ हुने

गोर्खा मिडियाको सोमबार शुभारम्भ हुने

 

गोर्खा मिडियाको सोमबार शुभारम्भ हुने लन्डन २८ भदौ । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने गरी सोमबारदेखि गोर्खा मिडिया डटकमको शुभारम्भ हुने भएको छ ।

बेलायतबाट सञ्‍चालन हुने न्यूज पोर्टल गोर्खा मिडियाको सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् ।

गोर्खा मिडियाको शुभारम्भ कार्यक्रम सोमबार १४ सेप्टेम्बरमा बेलायतको समय सवा ४ बजे र नेपाली समय साँझ साढे ९ बजे सुरु प्रबन्ध निर्देशक मिलन तमुले जानकारी दिए । यस मिडियाले बेलायतसहित संसारभरि रहेका नेपालीमाझ सत्य, निष्पक्ष, सन्तुलित र समावेशी समाचार, विचार निरन्तर प्रवाह गर्ने छ । साथै समाजका विकृति विसंगति विरुद्ध खबरदारि गर्दै गोर्खा समुदाय र प्रवासी नेपाली उन्नति र अनुभवसहित हरेक क्षेत्रका सकारात्मक पक्षलाई उजागर लक्ष्य रहेको प्रबन्ध निर्देशक तमुले बताए ।

यस समाचार माध्यमले सामुदायिक पत्रकारिता, नागरिक पत्रकारिताको अभ्याससँगै व्यावसायिक तर्फ लम्कने अठोट लिएको छ । तर विज्ञापनमार्फत संकलित रकम कार्यालय सञ्‍चालनबाट उब्रिएकोलाई नेपाल र बेलायतमा नेपाली विपन्न व्यक्ति/परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनमा प्रयोग गर्ने उद्देश्य रहेको पनि प्रबन्ध निर्देशक तमुले जानकारी दिए । उनले खारिएका र व्यावसायिक पत्रकारको साथ र विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु र पाठक, दर्शकको सल्लाह र सुझावका आधारमा गोर्खा मिडिया अघि बढ्ने प्रण समेत व्यक्त गरेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments