Google search engine
Homeसमाचार | NEWSयात्रा | TRAVELगायक मनोज गुरुङको परिवारद्वारा आमाको स्मृतिमा १ लाख १०१ रुपैयाँको अक्षयकोष स्थापना

गायक मनोज गुरुङको परिवारद्वारा आमाको स्मृतिमा १ लाख १०१ रुपैयाँको अक्षयकोष स्थापना

पोखरा १६ असोज गायक एवम् गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)का महासचिव मनोज गुरुङको परिवारले स्वर्गीय आमा सूर्यकुमारी गुरुङको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं.२८ बेत्यानी गाँउ भई केही समय अघिदेखि अस्वस्थ्यताका कारण उपचाररत आमा सुर्यकुमारी गुरुङको स्वर्गारोहणको ११ औं दिनमा छोरा मनोज गुरुङ तथा परिवारद्वारा १ लाख १०१ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । उक्त अक्षयकोष संचालनका लागि बेत्यानीस्थित शिद्ध युवा क्लबका अध्यक्ष विजय गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र मनोज गुरुङले हस्तान्तरण गरेका हुन् ।

 

प्रमुख अतिथि प्रमुख जिसीले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आमाको स्मृतिमा अक्षयकोष स्थापनाले युवाहरुलाई सकरात्मक सन्देश दिने बताए । राशी कति भन्दा पनि आमाको स्मृतिमा कोष स्थापना गरी गाउँमा शिक्षा, स्वास्थ्य, विकासका लागि योगदान र वार्षिक रुपमा आमाप्रति स्मरणको ठूलो आदर्श भएको उनले बताए । कला, गला र सिर्जनाका धनी मनोज गुरुङले कहिल्यै सानो मन नगर्न आग्रह गर्दै आमाको स्मृतिमा स्थापित अक्षय कोषको बृद्धिका लागि आगामी दिनमा आफूहरुको पनि सहयोग रहने प्रमुख जिसीको भनाइ थियो ।

मेयर जिसीले अब विकासले केही परिणाम दिने बेला आउँदै गरेको बताउँदै बेत्यानी जस्तो महानगरपालिकाको दुर्गम गाँउलाई विकट होइन विकासले निकट बनाइने बताए । गाउँको विकासका लागि बाटो र खानेपानीलाइ महानगरले प्राथमिकता दिएको बताए ।

कार्यक्रममा स्मृति कोष स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै गायक मनोज गुरुङले आमाको स्मृतिमा आफूले सामाजिक क्षेत्रमा यात्रा सुरु गरेको गाउँकै शिद्ध युवा क्लबले संचालन गर्ने गरी कोष स्थापना गरेको बताए । आर्थिक रुपले केही कमजोर रहे पनि आमाको नाउमा बैंकमा जम्मा रहेको रकममा परिवारका सदस्यहरुले थपथाप गरी गाउँको शिक्षा, स्वास्थ्य, खेलकुद, विकास र विविध गतिविधीमा सघाउन स्थापित अक्षयकोष आगामी दिनमा बृद्धि गर्दै लैजाने सोच रहेको बताए। आमाको स्मरण, आत्माशान्ति एवम आर्शिवाद पाइरहनका लागि कोष स्थापनाका साथै आमा गुमाउदाको पीडा बिर्साउने अपेक्षा गरे ।

गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आमाको नाममा स्मृतिकोष स्थापनाले आमा अमर रहने बताउँदै स्वर्गीय आमा मधुमेह र रक्तचापबाट अस्वस्थ्य भई उपचारका क्रममा पछिल्लो भेट भएको बताएका थिए ।

माझठानाका समाजसेवी सुर्यप्रसाद तिवारीले परिवारमा आमाको अभाव सधै खड्किरहने र आमाको सम्झनालाई स्मृति अक्षयकोषले वार्षिक रुपमा स्मरण गराउने बताए । उनले आमाको स्वास्थ्यलाभका लागि परिवारले निकै प्रयास गरे पनि सफल हुन नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।

समाजसेवी बैनबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा स्वर्गीय आमा सुर्यकुमारी गुरुङको स्मृतिमा प्रमुख अतिथि मेयर मानबहादुर जिसीले दीप प्रज्वलन र पुष्पार्पणका साथै सहभागीहरुले पुष्पार्पण साथै खादाबाट श्रद्धा व्यक्त गरिएको थियो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments