पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरिएको छ । विभिन्न खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीहरुलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो । बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । सामग्री वितरण गर्नुहुदै प्रमुख आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गर्नुभयो । पोखराबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने बारे उहाँले बोल्नुभएको थियो ।
उक्त अवसरमा खेलकुद विकास समितिको कार्यालयको पनि आचार्यले उद्घाटन गर्नुभएको थियो ।
