Homeसमाचार | NEWSप्रबास | NRNखेन्पो शिर लामा गुरुङ बेलायत ओर्लिए

खेन्पो शिर लामा गुरुङ बेलायत ओर्लिए

खेन्पो शिर लामा गुरुङ बेलायत ओर्लिए

लन्डन ९ मे २०२२ । गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अध्यक्ष खेन्पो शिर लामा गुरुङ बेलायत ओर्लिएका छन् ।

डाइमन्ड बुद्धिष्ट गुम्बाको नयाँ गुम्बाको उद्घाटन र बुद्धिस्ट गुम्बा रेडिङ यूकेको १४ मेमा रिडिङमा हुने बुद्ध जयन्तीमा भाग लिन खेन्पो गुरुङ आइतबार हिर्थो एयरपोर्ट आइपुगेका हुन् ।

खेन्पो गुरुङलाई स्वागत गर्न तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता मञ्जु गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र सुर्जे गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष मिनबहादुर गुरुङ, डाइमन्ड बुद्धिष्ट सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङ, उपाध्यक्ष मिना गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ, बगर भाइ खलकका अध्यक्ष दिलरास गुरुङ, तमु धिं यूकेका कोषाध्यक्ष कमल गुरुङ, एम्पायर हलका म्यानेजर गणेश गुरुङ, रिडिङ गुम्बाका अध्यक्ष ईन्सपेक्टर खेम गुरुङलगायत आमा समूह, शुभचिन्तकहरु दर्जनौं स्वागत गर्न पुगेका थिए ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments