Homeसमाचार | NEWSनेपाल | NEPALक्होला सोंप्रे ट्हों अध्ययन अवलोकन तथा अनुसन्धानका लागि काठमाडौंको हेरिटेज सर्कल लमजुङ...

क्होला सोंप्रे ट्हों अध्ययन अवलोकन तथा अनुसन्धानका लागि काठमाडौंको हेरिटेज सर्कल लमजुङ प्रस्थान !

तमु प्ये ल्हु संघको समन्वयमा तमु समुदायको ऐतिहासिक थातथलो क्होला सोंप्रे ट्हों अध्ययन अवलोकन तथा अनुसन्धानका लागि काठमाडौंको हेरिटेज सर्कलका अनुसन्धान टोली आज २०७९ कार्तिक ३ गते पोखराबाट लमजुङ प्रस्थान गरेका छन ।

गण्डकी प्रदेश सरकारको अनुदानमा हेरिटेज सर्कल काठमाडौंको अध्ययन अनुसन्धान टोलीले क्होला सोंप्रे ट्हों अध्ययन अनुसन्धान गर्न लागेको हो । तमु समुदायको ऐतिहासिक थातथलो क्होला सोंप्रे ट्हों कास्की लमजुङ र मनाङको सिमानामा पर्दछ ।

तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको नेतृत्वमा हेरिटेज सर्कलका डा.महेश कुमार आचार्य, इन्जिनियर पवन मल्लिक, मिना लामा, अशोक भण्डारी (फोटोग्राफर), समीर ताम्राकार (फोटोग्राफर) र अर्का फोटोग्राफर दीपक विष्ट त्यसतर्फ लागेका छन । यसैगरी भ्रमणमा तमु प्ये ल्हु संघ केन्द्रिय समितिका सहकोषाध्यक्ष शेखर ल्हेंगे तमु, प्रदेश नम्बर १ का उपाध्यक्ष दिल बहादुर ल्हेंगे तमु, यूकेका सल्लाहकार पूर्णविर तमु र तमु मै ताँ पोखराका फोटोग्राफर सुमन क्रोम्छें तमु रहेका छन ।

यसैगरी अमेरिकाबाट युजिएसए (UGSA) डिमोन्स आईवाका उपाध्यक्ष एवं खेगी संयोजक नर बहादुर तमु, युजिएसए ओमाहा नेब्रास्का संरक्षक सन्तलाल क्रोम्छें तमु, युजिएसए नासभिल टेनेसीका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख पदम लाल ल्हेंगे तमुले भ्रमणमा सहभागिता जनाएका छन ।

यसरी तमु समुदायको ऐतिहासिक थातथलो क्होला सोंप्रे ट्होंको अध्ययन अवलोकन तथा अनुसन्धानका लागि गएका भ्रमण टोलीलाई आज तमु प्ये ल्हु संघ परिवारले शुभकामना सहित विदाई गरेका छन । भ्रमण टोली लगभग एक हप्ता क्होला बसेर अध्ययन अनुसन्धान गर्नेछन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments