Homeसमाचार | NEWSनेपाल | NEPALकाठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी आपूर्ति हुने

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी आपूर्ति हुने

काठमाडौंको सुन्दरीजलमा ल्याइएको मेलम्ची खोलाको पानी शुक्रबारदेखि संघीय राजधानीमा वितरण हुँदैछ ।सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानमा सुरुङमार्गबाट ​​पानी खसालिएको हो ।

नालीमा छोडेको पानी मङ्सिर ४ गते गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा सुरुङको अन्तिम बिन्दुमा पुगेको थियो ।सुरुमा यो पानी टनेल फ्लसिङका लागि बागमती नदीमा फ्याँकिएको थियो ।

“मेलम्ची क्षेत्रमा ठूलो पहिरोले अम्बाथानको मुहानमा सुरुङको संरचनामा क्षति पुगेपछि गत असारमा सुरुङ बन्द भएको थियो । त्यसैले सुरुङमा रहेको सिल्ट र फोहोर बाहिर निकाल्न सुरुङमा भरिएको पानी वाग्मती नदीमा छाडिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर रामचन्द्र पौडेलले बताए ।

उनका अनुसार मंसिर ५ गतेदेखि सुरुङमा पानी भरिएको र बिहीबारदेखि सुरुङमा भरिएको पानी महांकालचौर शाखामा छाडिएको हो । लामो समयदेखि सुरुङमार्ग बन्द रहेकाले परीक्षणका आधारमा सुरुमा थोरै मात्रामा मात्रै पानी टनेलको नालीमा झरेको थियो ।

यो पानी सुन्दरीजल पुग्न एक साता लागेको थियो । शुक्रबारदेखि मेलम्ची खोलाबाट दैनिक १७ करोड ५० लाख लिटर पानी सुरुङमा छोडिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

आयोजनाले गत चैत ११ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो । तर, असार १५ गते सिन्धुपाल्चोकमा आएको ठूलो बाढी र पहिरोले आयोजनाको हेडवर्कमा दर्जनौं फिट अग्लो ढुंगा, बालुवा र माटो जम्मा हुँदा आयोजनाको हेडवर्क पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

अम्बाथान इन्टेकमा भत्केको हेडवर्कको निर्माण कार्य सम्पन्न हुन नसकेकोले मेलम्ची खोलाको पानी सुरुङमा खसालेर हिउँदमा मात्रै काठमाडौं ल्याइने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार महांकालचौर खानेपानी ट्याङ्कीबाट मेलम्चीको पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments