Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकञ्चनजंगाको १८ औं वार्षिकोत्सव सम्पन्न

कञ्चनजंगाको १८ औं वार्षिकोत्सव सम्पन्न

कञ्चनजंगाको १८ औं वार्षिकोत्सव सम्पन्न

हुम गुरुङ/पोखरा ११ फुलवारीस्थित कञ्चनजंगा इग्लिस बोर्डिङ स्कुलले शनिवार १८ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न गरेको छ।

गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले समारोहको उद्घाटन गर्नुहुदै राज्यको शिक्षा नितिले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। राज्यले दिनु पर्ने शैक्षिक सेवा सुविधा निजी क्षेत्रले पुर्याएको योगदानको सम्मान गर्नुको सट्टा निजी क्षेत्रलाई हतोत्साहन गर्ने शिक्षा नितीको उहाँले विरोध गर्नुभयो।निजी क्षेत्रले योगदान नभएको भए नेपालको शिक्षा मात्रै होइन हरेक क्षेत्र धेरै पछाडिएको अवस्थामा रहन्थ्यो भन्दै कञ्चनजंगाले शैक्षिक, सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उहाँले प्रसंसा गर्नुभयो। विद्यालय शिक्षा आर्जन गर्ने केन्द्र मात्रै नभएर असल नागरिक उत्पादन गर्ने स्थल पनि भएकाले विद्यालयको क्रियाकलापमा सबैको साथ र सहयोगको समेत उहाँको आव्हान थियो।

विद्यालयको संस्थापक तथा सल्लाहकार कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन कास्कीका उपाध्यक्ष राम गुरुङ, अभिभावकको तर्फबाट चन्द्रकला मगरले शुभकामना व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रिन्सिपल मित्रलाल पोखरेलले बार्षिक प्रगति प्रस्तुत र निर्देशक श्रीजंग गुरुङले अतिथि एवम सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती गरेका थिए। शिक्षक सुरेन्द्र सदिक्षाले संचालन गर्नुभएको कार्यक्रममा विद्यार्थी नुमा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments