इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा (इन्दे्रणी युवा क्लब) पोखराको आयोजनामा ऐतिहाकिस तीज मेला हुने भएको छ । मेलामा तीज प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, महिला उधमीहरुद्धार उत्पादित वस्तुहरुको प्रदर्शनी लगायतका विविभन्न कार्यक्रम हुने, सोमबार भएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
मेला भदौ १० गते देखि पोखरा १ टुडिखेलमा हुने मेला संयोजक भानुभत्त अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार मौलिक तीज गित प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार १ सय १ रुपैयाँ द्धितिय हुनेलाई रु. २० हजार १ सय १ रुपैयाा तृतिय हुनेलाई रु.१० हजार १ सय १ रुपैयाँ, सान्त्वना हुनेलाई रुं ५ हजार र उत्कृष्ट भेषभुषा, नृत्यलाई रु. ३ हजर १ रुपौया रहेको छ । एक तीज गित गृहिणी नृत्य प्रतियोगिता प्रथम पुरष्कार रु १० हजार १ सय १ रुपैयाँ द्धितिय पुरस्कार रु ७ हजार १ सय १ रुपैयाँ, तृतीय पुरस्कार रु. ५ हजार १ सय १ र सान्त्वना पुरस्कार रु.३ हजार १ सय १ रहेको छ ।
त्यसैगरी छेलो फाल्ने प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार १ रुपैयाँ द्धितिय पुरस्कार ७ हजार १ रुपैयाँ, तृतिय पुरस्कार रु ५ हजार १ रुपैयाँको व्यवस्था गरिएको छ । मेलामा प्रत्येक दिन कलाकाहरुको प्रस्तुती समेत रहनेछ भने, जसको मख्य प्रायोजक वेटर होम एप्लायन्स तथा रवि एण्ड सन्नी पोखरा रहेको छ ।
