Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSसिक्स्थ डान मास्टर तेक्वान्दो प्रशिक्षक राईको निधन

सिक्स्थ डान मास्टर तेक्वान्दो प्रशिक्षक राईको निधन

लन्डन । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको निधन भएको छ ।

बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर घर फर्किएपछि एक्कासी अस्वस्थ भएका ५८ वर्षीय राईको अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए । राई आर्मीमै फिजिकल इन्स्ट्रक्टर थिए । उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् ।

राई एनआरएनए यूके स्पोर्ट्स कोअर्डिनेसन काउन्सिलका संयोजक, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)का सक्रिय सदस्य पनि थिए ।

गोर्खालीका एक धरोहर, निडर, स्पष्ट वक्ता, बहुमुखी प्रतिभाशाली राई चित्रकार पनि थिए । पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments