Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमनबहादुर गुरुङ एमाले कास्कीको अध्यक्षमा निर्वाचित

मनबहादुर गुरुङ एमाले कास्कीको अध्यक्षमा निर्वाचित

पुस २८, पोखरा।  नेकपा एमाले कास्कीको दशौ अधिवेशनबाट एमाले कास्कीको अध्यक्षमा
मनबहादुर गुरुङ निर्वाचित भएका छन्।

अध्यक्षका प्रतिस्पर्धी दामोदर वैरागीलाई ४९ मतले पछि पर्दै उनि निर्वाचित भएका हुन्।
मनबहादुर गुरुङले ४५६ मत पाए भने दामोदर वैरागीले ४०७ मतमात्र पाएका छन्।

यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी ४२१ मत प्राप्त गरि विजयी भएको छ। सचिवमा
बैन बहादुर अधिकारी ४७५ मत ल्याई निर्वाचित भएको छ भने उपसचिवमा दर्शन लामाले
५४० मत र नवराज ओझाले ४४३ मत प्राप्त गर्दै निर्वाचित भए।  २ प्यानलबीच (बैरागी प्यानल
र गुरुङ प्यानल ) भएको चुनावी प्रतिस्पर्धामा उपाध्यक्ष गुरुङ प्यानलका तेजनारायण अधिकारी
बाहेक सबै बैरागी प्यानलका पदाधिकारी निर्वाचित भएका हुन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments