Homeसमाचार | NEWSप्रबास | NRNभूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने समय आयो : अध्यक्ष गुरुङ

भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने समय आयो : अध्यक्ष गुरुङ

लन्डन कात्तिक १० । गैरआवासीय नेपाली संघ यूके (एनआरएनए यूके)की अध्यक्ष पुनम गुरुङले भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने समय अहिले आएको बताएकी छन् ।

एनआरएनए यूकेले आयोजना गरेको “नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा र समानताका लागि गरिएको गोर्खाज आन्दोलन” विषयमा शनिबार आयोजित एक जुम वेबिनार कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस्तो धारणा राखेकी हुन् । उनले एनआरएन नागरिकताको विषय ५०/६० लाख गैरआवासीय नेपालीहरुको सरोकारको विषय भएको उल्लेख गर्दै भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने अहिले समय आएको बताइन् ।

उनले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि बनेका सरकारहरु अनुदार रहेको भन्दै गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताका लागि एनआरएन यूकेले सरोकारवालाहरुसँग छलफलमा लागि रहेको बताइन् ।
अध्यक्ष गुरुङद्वारा   “नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा र समानताका लागि गरिएको गोर्खाज आन्दोलन” विषयमा शनिबार आयोजित एक जुम वेबिनार कार्यक्रममा सम्बोधन गर्दै थिईन |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments