Homeसमाचार | NEWSनेपाल | NEPAL”पदयात्रा मार्गहरु बचाऊ”को अबधारणमा ५ रात ६ दिनको पदयात्रा मार्गको अध्ययन पुरा...

”पदयात्रा मार्गहरु बचाऊ”को अबधारणमा ५ रात ६ दिनको पदयात्रा मार्गको अध्ययन पुरा गरि फर्किए (टान) फोटो फिचर

”पदयात्रा मार्गहरु बचाऊ”को अबधारणमा ५ रात ६ दिनको पदयात्रा मार्गको अध्ययन पुरा गरि फर्किए (टान) फोटो फिचर

ट्रेकिङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ, पोखराको आयोजना , मादीगाउँपालिका कास्कीको सहयोग र नेपाल पर्यटन बोर्डको प्रर्बद्धनमा २०७७ माघ ३ गतेबाट ८ गते सम्म ५ रात ६ दिनको ताङतिङ ,क्रपुडाँडा ,क्होलार्सोंथर ,ठुलीलेक, कोरी, क्हफुचे ताल ,सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान तथा खोज एवं प्रबर्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । यो टे«कको प्रवद्र्धनका लागी टानका प्रतिनिधी , मादीगाउँपालिका प्रतिनिधीहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, पत्रकारहरु, पेशागत पथप्रदर्शक ,स्थानीय प्रतिनिधीहरु ,स्थानीय पर्यटन व्यवसायीहरु सहितको सहभागिता रहको थियो । पदयात्रा खोज, अध्ययन तथा प्रबर्धनको नेतृत्व टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले गर्नु भएको थियो ।

नेपालको पर्यटनको प्रमुख हिस्सा ओगटने पदयात्रा पर्यटन बिगत केहि समययता बिबिध बिषम अबस्थाका कारण धारासाही हुदै गैरहेको र नयाँ बैकल्पिक पदमार्गहरुको खोजी, पुराना पदमार्गहरुको प्रबद्र्धन र संवद्र्धन हुन नसकेको अबस्थामा टान पोखराले नयाँ गन्तव्यको खोज गरि आवश्यक प्रबद्र्धन गर्ने उदेश्यले यो पदमार्गको खोज गरिएको हो । भौगोलिक एवं सांस्कृतिक विविधताको पहिचान एवं बिभिन्न जातजाती ,भेषभुषा,रहनसहन,कलासंस्कृति र सम्पदाहरुको समिश्रणको सुन्दरताको पहिचानको संरक्षण,प्र्रवद्र्धन र मुल्याङक गरि पदयात्रा क्षेत्रहरुलाई “पदयात्रा संरक्षण क्षेत्र”को रुपमा बिकास गरि पेशा व्यवसाय र पर्यटन जोगाउदै अधिकतम रोजगारीका अवसरहरु सृजना गरि Trekking Heritage Area  र “पदयात्रा मार्गहरु बचाऊ”को अबधारणमा बिकास गर्नका लागी यसको प्रवद्र्धन गर्न लागीएको हो ।

Photo : Ram Gurung, PokharaCity.com 

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments