नेपाली कांग्रेसको उपसभापतिमा पहिलो पटक तमू समूदायबाट धनराज तमू निर्वाचित
पौष १, २०७८ / काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पहिलो पटक तमू समूदायबाट उपसभातिमा निर्वाचित भएका छन्। धनराज तमू निर्वाचित भएका छन् ।
बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा शेखर कोइराला समूहबाट निर्वाचन लडेका स्याङ्गजाका धनराज तमू उपसभापतिमा निर्वाचित भएका हुन् ।
यो सँगै उनी तमू समुदायबाट नेपाली कांग्रेसको उपल्लो कार्यकारी पदमा पुग्ने पहिलो व्यक्ति बनेका छन्। तमूले जम्मा २ मत अन्तरले उपसभापति पद जितेका हुन्।
तमूसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।
निर्वाचन समितिका अनुसार धनराज तमूले १९०८ मत पाए ।