Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALदेउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने

काठमाडौं, मंगलबार, २९ असार २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्नु हुने भएको छ ।

राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । प्रधानमन्त्रीको रुपमा उहाँको यो पाँचौ इनिङ हो ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । प्रधानमन्त्रीको रुपमा उहाँको यो पाँचौ इनिङ हो । देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री हुनु भएको थियो  । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बनिसक्नु भएको छ ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नु भएको छ । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उहाँको सचिवालयले जनाएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments