Google search engine
Homeसमाचार | NEWSफेसन | FASIONतमु प्ये ल्हु संघ कतारका संस्थापक, सम्रक्षक एवं सल्लाहकार ईच्छे तमूको...

तमु प्ये ल्हु संघ कतारका संस्थापक, सम्रक्षक एवं सल्लाहकार ईच्छे तमूको निधन

तमु प्ये ल्हु संघ कतारका संस्थापक, सम्रक्षक एवं  सल्लाहकार ईच्छे तमूको निधन

पोखरा । तमु प्ये ल्हु संघ कतारका संस्थापक, सम्रक्षक एवं  सल्लाहकार सदस्य  ईच्छे प्हच्यु तमुको निधन भएको छ । तमु गत ३ महिना यता पित्त थैलीको समस्याबाट ग्रसित भै काठ्माण्डौ स्थित नेपाल क्यान्सर हस्पिटल सातदोबाटो हुदै पोखराकाे जि. एम. सी. हस्पिटलमा उपचाररत तमुको ४६ बर्षको उमेरमा पुस १७ गते दिँउसो जि. एम. सी. हस्पिटलमा निधन भएको हो ।

अन्नपुर्ण गाँउपालिका-४, काफलबोट पुरानो घर भै हाल पोखरा-१७,पाताले छाँगो, विरौटामा बस्दै आउनु भएका तमू डेढ दशक भन्दा बढी समय देखि कतारमा रोजगारीको शिलसिलामा रहनु भएको थियो । उनी एक्कासी आफ्नो स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारको लागि करीब ३ महिना अघि मात्रै घर विदामा नेपाल फर्किनु भएको हो । मृतक तमु ६ दाजुभाई मध्य माहिला भाई हुन । उनको वि.स. २०३२ साउन २६ गते बाबा पिपारसिंह प्हच्यु तमु र माता जगन सुवा त्हाेर्जे तमुस्योको कोखबाट जन्म भएको थियो । मृतक तमुको परीवारमा श्रीमती, १३ वर्षको छोरो र १० वर्षकी एक छोरी छिन् ।

फोटो एल्बम (Photo Album) :

तमु प्ये ल्हु संघ कतारका संस्थापक, सम्रक्षक एवं सल्लाहकार ईच्छे तमूको निधन

Mani gurung Video & Photography

तमु प्ये ल्हु संघ कतारका संस्थापक, सम्रक्षक एवं सल्लाहकार ईच्छे तमूको निधन

छाेरा र छाेरी

छोरा र छोरी सानै भएकोले कमाउने अविभावक नै गुमाए पछि ति छोरा छोरीको कष्ट सुरु हुने भन्दै बिभिन्न तमू संघ संस्थाका अगुवाहरुले चिन्ता समेत व्यक्त गरेका छन् । भने अर्का तमु प्येल्हु संघ कतारका पूर्व सदस्य समेत रहेका तेजु कोन्मे तमूले ती छोरा छोरीको भविष्यकाे लागि केहि गरिदिनुपर्छ भन्ने उदेश्यले आफु स्वंमले उनीहरुको लगि सहयोग संकलन अभियान सञ्चालन गर्ने जानाकारी दिनुभयो । मृतक तमूको अन्त्यष्टी पुष १८ गते शनिबार पोखरा स्थित शक्तिघाटमा भएको छ ।

तमूलाई श्रदाञ्जली दिन तमु प्ये ल्हु संघ कतार, तमु प्ये ल्हु संघ युएई, केन्द्रीय महिला समिति, केन्द्रीय युवा समिती, कास्की जिल्ला समिति, प्हच्यु परीवार नेपाल लगायत थुप्रै संघ संस्थाका प्रतिनीधीहरुको उपस्थिती थियो । त्यस्तै तमुको सिँ कै दिने अर्थात चोख्याउने कार्यक्रम पुस २१ गते राखिने आफ्नो परीवारले जनाएको छ ।

       

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments