Homeसमाचार | NEWSनेपाल | NEPALक्रियाशिल पत्रकार महिला गण्डकीमा सरिता र कास्कीमा शिला चयन

क्रियाशिल पत्रकार महिला गण्डकीमा सरिता र कास्कीमा शिला चयन

पोखरा ।
क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) गण्डकीको अध्यक्षमा सरिता तिम्सिना पगेनी चयन हुनुभएको छ भने कास्की शाखामा शिला गुरुङ चयन हुनु भएको छ ।

गण्डकी प्रदेशसमितिको उपाध्यक्षमा रविना आले मगर (कास्की),सचिबमा अन्जु बराल (कास्की ),कोषाध्यक्षमा  अन्जना तिमिल्सिना (तनँहु) रहनु भएको छ ।त्यसैगरी सदस्यहरुमा इन्दिरा गुरुङ्ग (कास्की ) रेखा कौषल रेग्मी (म्याग्दी),पार्बती पाण्डे (स्याङ्गजा )धनु भुषाल (नवलपुर )सुनिता शर्मा (पर्बत) रहनु भएको छ ।

कास्की शाखा तर्फ उपाध्यक्षमा ज्योती हमाल,सचिवमा बिनु थापामगर  र कोषाध्यक्षमा पार्बती पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा देबीका तामाङ्ग,तानी थापा,सुरक्षा श्रेष्ठ र श्रद्धा सुबेदी रहनु भएको छ ।

बिहिबार पोखरामा क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे)कास्कीले   नयाँ कार्यसमिति घोषणा एबं बधाई तथा पुरस्कार घोषणा कार्यक्रमको आयोजना गरी प्रदेश र कास्की शाखा गठन भएको जानकारी गराएको हो ।

गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले  नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दे पत्रकार महिलाको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । पत्रकार महिलाको हरेक क्षेत्रमा  अर्थपुर्ण सहभागीताको लागि पुरुष पत्रकारहरुले लैङ्गिकमैत्री धारणा अबलम्वन गर्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा शिक्षासेवी स्व. हरिषचन्द्र वाग्लेको नाममा  हरिषचन्द्र वाग्ले क्रियाशिल पत्रकार महिला पुरस्कार घोषणा भएको छ । स्व. वाग्लेकी धर्मपत्नी चन्द्रवती वाग्लेले  रु १ लाख १ हजार १ सय ११ रुपैँयाको अक्षयकोष रकमको  घोषणा गर्नु भएको हो ।स्व. वाग्ले महिला मैत्री हुनुहुनथ्यो भन्दै उहाँले क्रियाशिल पत्रकार महिलालाई पत्रकारिताको क्षेत्रमा थप उर्जा प्रदान गर्ने उदेश्यले कोष स्थापना गरेको बताउनु भयो । उहाँले रु १लाख १हजर १ सय ११ रुपँैयाको चेक क्रियाशिल पत्रकार महिला गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीलाई हस्तान्तरण गर्नु भएको हो ।

क्रियाशिल पत्रकार महिला (डब्लु. डब्लु. जे) कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला डब्लु. डब्लु.जे.का केन्द्रीय सदस्य दुर्गा अधिकारी ,सोनी शर्मा , नेपाली काँग्रेसका कास्कीका  सचिब देवेन्द्र रानाभाट,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल,प्रेस संगठन नेपालका केन्द्रीय सदस्य श्याम कुवँर, राष्ट्रिय मानब अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दिपकजङ्गध्वज काक्री , नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल ,संचारिका समुहका केन्द्रीय सदस्य बिमला भण्डारी ,गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारी, समाजसेवी बसन्त चालिसे लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शीला गुरुङ्गले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रबिना आलेले गर्नु भएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments