Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकास्कीको क्षेत्र नं १, २, ३ को मत परिणाम

कास्कीको क्षेत्र नं १, २, ३ को मत परिणाम

प्रतिनिधिसभा निर्वाचन २०७९ कास्की क्षेत्र नं १ को अहिले सम्मको मत गणनाको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ ४ हजार २ सय ७९ मत सहित अग्रस्थानमा रहनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त बरालले ३ हजार २ सय ८७ मत ल्याएर दोस्रो स्थान प्राप्त गर्नुुभएको छ । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेल ३ हजार ५ सय ४९ मत सहित अग्रस्थान रहनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विद्या भट्टराई ३ हजार ३ सय ९९ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । त्यसैगरी कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल वैरागी ४ हजार ८ सय ५१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योग राज पौडेल ४ हजार ४सय ७ मतका सहित दोस्रो स्थानमा रहनुभएको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments