पोखरा। उइजु तमु समाजमा आज तमु प्ये ल्हु संघले निःशुल्क रुपमा रोग प्रतिरोधात्मक औषधी वितरण गरेको छ ।
तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु,बरीष्ट उपाध्यक्ष आई बहादुर ल्हेंगे तमु, जिल्ला अध्यक्ष निम प्हच्यु तमु र सचिव विष्णु भुज्जा तमुको उपस्थितिमा उइजो तमु समाजका अध्यक्ष क्षेत्र बहादुर तमुलाई सम्पुर्ण समाजमा आबद्य तमुहरुको लागि उक्त औषधी एकमुष्ट हस्तान्त्रण गरेको हो । उक्त औषधी अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशकी उपाध्यक्ष तथा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका सदस्य किरण गुरुङले उपलब्ध गराएकी थिए ।
तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हित काजी टु क्ल्हेप्री तमुले अहिले देशमा कोरोना भाइरसको महामारी फैलिएको बेला यस रोग बाट बच्न आफन्त भेटघाट, धेरै मान्छेको जमघट र घर बाहिर धेरै ननिस्कन अनुरोध गर्दै याे रोग प्रतिरोधात्मक औषधीको सेवन गर्न सुझाब दिनुभयो । त्यस्तै तमुले यो ओषधी प्रयोग गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुने र रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।
त्यस्तै तमु प्ये ल्हु संघका केन्द्रिय बरिष्ट उपाध्यक्ष आई बहादुर ल्हेंगे तमुले यो ओषधी कोरोना विरुद्य नभएको तर कोरोना जस्तै विभिन्न रोगहरु बाट लड्न सक्ने प्रतिरोधक क्षमता बृद्दी गर्ने भएकोले सो औषधी प्रयोग गर्न सुझाब दिनुभयो । विश्वमा यस काेराेना भाइरसका कारणा लाखाै मानीसले ज्यान गुमाइसकेकाे छ । नेपालमा पनि यस राेग बाट ज्यान गुमाउने र संक्रमित काे संख्या बढ्दै गएकाेले अाफै सजक र सुरक्षित बनेर हिड्न समाजका सदस्यहरूलाइ अनुराेध गर्नुभयाे ।
उइजु तमु समाज पोखराका अध्यक्ष क्षेत्र बहादुर तमको अध्यक्षतामा तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीको सचिव विष्णु भुज्जा तमुले कार्यक्रम सञ्चालन गर्नुभयो ।