बाजुङ, पर्वत
निबृत्त नेपाली सेनानी देब बहादुर कार्कीद्वारा स्थापित तथा संस्थापक संरक्षक रही सञ्चालन हुँदै आएको बाजुङ शैक्षिक प्रतिष्ठानको तेस्रो अधिवेशन मिति २०८३ बैशाख २५ गते सम्पन्न भएको छ । अधिवेशन मन बहादुर क्षेत्रीको अध्यक्षतामा तथा संरक्षक साबित्र गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा मोदी गाउँपालिका–५ बाजुङका वडा अध्यक्ष मान बहादुर अधिकारीको विशेष आतिथ्य रहेको थियो ।
त्यसैगरी वडा सदस्यद्वय राजेश शाही र बम बहादुर कुँवर, सम्बन्धित विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अभिभावक, शैक्षिक सरोकारवाला व्यक्तित्व तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अधिवेशनका अवसरमा मोदी–५ अन्तर्गतका विद्यालयहरूबीच “बालबालिकामा सामाजिक सञ्जालको प्रभाव” विषयक वक्तृत्वकला प्रतियोगिता, लोकनृत्य प्रतियोगिता तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको थियो । साथै नयाँ कार्यसमिति चयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा अमर बहादुर अधिकारी, उपाध्यक्षमा लक्ष बहादुर हमाल, कोषाध्यक्षमा डिल कुमारी गुरुङ, सचिवमा दुर्गदत्त अधिकारी तथा सदस्यहरूमा चन्द्र प्रसाद पौडेल, सावित्री के.सी. अधिकारी, सीता हमाल र गोमा शर्मा चयन हुनुभएको छ ।
प्रतिष्ठानले बाँकी ५ सदस्य पदपूर्ति विधानअनुसार पहिलो बैठकबाट गर्ने जनाएको छ ।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्दै सफलताको बधाई तथा पठनपाठनमा थप प्रगतिको शुभकामना व्यक्त गरिएको थियो ।



