रोधिं टेलिभिजनको दोश्रो वार्षिकोत्सव पोखरामा सम्पन्न ।
३२ साउन २०८१ शुक्रबार, पोखरा । मुनाल फिल्मस प्रा.लि. पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनको दोश्रो वार्षिक उत्सव कार्यक्रम हिजो साउन ३१ गते बिहीवार पोखरा-१० अमरसिंह चोकको लेकाली चुल्हो घरमा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक तथा मामिला मन्त्री माननीय डा. टकराज गुरुङको प्रमुख आतिथ्यता एवं रोधिंका परिकल्पनाकार भोज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएका थिए ।
कार्यक्रममा रोधिंका संरक्षक गम बहादुर गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमु, बौद्ध अर्घौं सदनका अध्यक्ष रुद्र बहादुर घले, केवल ब्यवसायी संघका महासचिव मनोज गुरुङ, वार्चोक पोखरा तमु परिवारका अध्यक्ष इश्वर गुरुङ, क्षेत्री समाज पोखरा-१५ का दिदीबहिनीहरु, बुद्ध बराह आमा समितीका संस्थापक अध्यक्ष लाल सुब्बा गुरुङ, अध्यक्ष लिल सुब्बा गुरुङको उपस्थिति रहेका थिए ।
लोक संस्कृतिको जन्मभुमि गण्डकी प्रदेश अन्तरगतका हरेक लोक संस्कृतिहरु जस्तै सालैजो, कौडा. चुट्का, ठेटर र ठाडो भाका आदि मौलिकता बोकेको लोक दोहोरि गीत संगीतलाई प्रसारण गरि प्रचारप्रसार गर्ने रोधिं टेलिभिजन हो र यहाँका मौलिक गीत संगीतहरुलाई संरक्षण गर्दै प्रवर्द्धनका लागि पर्यटनसँग जोड्नु अति आवश्यक रहेको कुरा प्रमुख अतिथी आर्थिक तथा मामिला मन्त्री माननीय डा. टकराज गुरुङले बताउनु भएका थिए ।
कार्यक्रमका मुख्य आकर्षणहरु लोकप्रिय गायक चिज गुरुङ, टस बहादुर गुरुङ, प्रशान्त तामाङ, गायिका निर्जला गुरुङ, ईन्द्रा गुरुङ, निरा थापा, सरिता सारु, सावित्री शाही, सीता दुरा, पविना बास्तोला लगायतका कलाकारहरुले दोहोरी गित गएर अतिथिहरुलाई नचाएका थिए ।
गायकहरु राज बहादुर गुरुङ, केश बहादुर गुरुङ, साजन गुरुङ, गायीकाहरु प्रीया गुरुङ र ममता गुरुङले कार्यक्रममा स्वागत गीत प्रस्तुत गरेका थिए, गायक टस बहादुर गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने बालकाशी गुरुङले लोक दोहोरी गित कार्यक्रम सञ्चालन गरेकी थिइन् ।