Homeसमाचार | NEWSविश्व | WORLDसामुद्रिक आँधी नं. ८ को कारण हङकङको जनजीवन प्रभावित…

सामुद्रिक आँधी नं. ८ को कारण हङकङको जनजीवन प्रभावित…

हङकङ अब्जरभटरीले बुधवार दिउंसो १:४० बजे सामुद्रिक आँधी (No. 8 Northwest Gale or Storm Signal) जारी गरेको छ। आँधीका कारण हङकङको जनजीवन प्रभावित बनेको छ।

विहानदेखि सर्वसाधारणको सुरक्षाका लागि केही सार्वजनिक सेवाहरु बन्द गरिएका छन्। आँधीकाका कारण फेरी (जलमार्ग), अधिकांश बस सेवाहरु, व्यापरिक प्रतिष्ठानहरु बन्द हुने भएका छन्।

आँधीबेहरीका कारण शिक्षा विभागले दिनभर हङकङको विद्यालयहरु स्थगित भएको घोषणा गरेको छ। विभागले हङकङका सबै शैक्षिक प्रतिष्ठानहरु किन्डरगार्टेन, प्राथमिक माध्यमिकलगायत सबै विद्यालयहरु बन्द गरिएको घोषणा गरेको छ।

हङकङ अब्जरभटरीले नागरिकहरुलाई समुद्री किनारबाट टाढा रहन र वाटर स्पोर्ट्सहरुमा संलग्न नहुन अपिल गरेको छ।

फिलिपिन्समा अधिकारीहरूले उष्णकटिबंधीय आँधीबाट मृत्यु हुनेको संख्या ११० भन्दा बढी पुगेको जनाएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments