Homeसमाचार | NEWSविश्व | WORLDनेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाको तेश्रो महाधिवेशन

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाको तेश्रो महाधिवेशन

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाको तेश्रो महाधिवेशन शनिबार न्यूयोर्क,अमेरिकामा नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिका उपाध्यक्ष माया लामाको प्रमुख आतिथ्यमा भव्यताकासाथ सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका(फिवना)को सम्पन्न तेश्रो महाधिवेशनले इन्दिरा चोङबाङको अध्यक्षतामा उपाध्यक्ष मैना बज्राचार्य,महासचिव इन्दु लामिछाने,सचिव निमा गोले तामाङ,कोषाध्यक्ष बरमाया पुनमगर,सहकोषाध्यक्ष शुभद्रा लिम्बूगरि १९ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष चोङबाङले गोर्खाली रेडियोसँगको संवादमा जनाएकी छिन् ।

 

तेश्रो महाधिवेशन तथा देउसी भैंलो कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)उपाध्यक्ष माया लामा,विशेष अतिथिहरु न्यूयोर्कका लागि नेपालका सद्भावना पर्यटनदूत केशबराम राई,तामाङ सोसाइटी अफ अमेरिका ट्रष्टी बोर्ड अध्यक्ष ईन्द्र तामाङ,एलमर्स्ट हस्पिटल एडभाइजर बोर्डका अध्यक्ष लुईसाङ वाईबा र अतिथिहरुमा तामाङ समाज अमेरिका अध्यक्ष विनिता तामाङ,नर्थ अमेरिकाको लागि नेपाली पतरकारहरुको लागि साझा संस्था NEAJA की उपाध्यक्ष मच्चे गुरुङ,जिरेल समाज अध्यक्ष शान्ति जिरेल,थारू एण्ड फ्रेण्डस सोसाइटी अफ अमेरिका उपाध्यक्ष दीपक चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महाधिवेशनको समापन नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका अध्यक्ष संगिनी रानामगरको सभाध्यक्षतामा,महासचिव वन्दना राईले कार्यपत्र प्रस्तुत,कोषाध्यक्ष इन्दु लामिछानेले आर्थिक प्रतिवेदन महाधिवेशनमा प्रस्तुत र महाधिवेशनको अन्त्यमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments