Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघ गण्डकी प्रदेश समितिका सचिव मिलन क्रोम्छे तमुलाई मातृ...

तमु प्ये ल्हु संघ गण्डकी प्रदेश समितिका सचिव मिलन क्रोम्छे तमुलाई मातृ शोक

तमु प्ये ल्हु संघ गण्डकी प्रदेश समितिका सचिव एवं गुरुङ फिल्म “ङल्हेल्स्यो (सैना/ मितिनी)का कार्यकारी निर्माता  मोम प्रसाद (मिलन) क्रोम्छे तमु र तमु प्ये ल्हु संघ कास्की जिल्ला महिला समितिका कोषाध्यक्ष खगिसर(माया) तमुलाई मातृ शोक परेको छ ।

तमुका ममतामयी आमा नर कुमारी सरब्ज/क्रोम्छे  तमुको उपचारको क्रममा बिहिवार मणिपाल शिक्षण अस्पतालमा असामयिक निधन भएको परिवार श्रोतले जनाएको छ । फोक्सोको समस्या देखिए पछि वहाँलाई परिवारले केही दिन अगाडि मणिपाल शिक्षण अस्पतालमा भर्न गरि उपचार गराइरहेको थियो । वहाँका ३ छोरा , ३ छोरी , बोहारीहरु र नातानातीनी हुनुहुन्छ ।

साबिक होश्राङ्दी गा वि स वडा नम्बर ६ अर्गाउदी पर्वतमा १९९६ साल असार १५ गते जन्मिएकी नर कुमारी गुरुङ बिहादी गाउँ पालिका वडा नं ४ पर्बत, लौकेमा विवाह भएको थियो । हाल वहाँ पोखरा ७ धौलागिरी मार्गमा रहेको सम्पुर्ण परिवार र आफन्तलाई छाडी सदाका लागि परलोक हुनुभएकोमा मिलन विश्व समाचार(www.milanworld.new) परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरिएको छ ।

स्वर्गीय गुरुङको पार्थिव शरीरलाई शुक्रबार तमु गुरु पच्यु र क्ल्हेप्रीहरुले  तमु(गुरुङ) मौलिक बोन धर्म संस्कार अनुसार तमु प्ये ल्हु संघ शक्तिघाटको घाटमा अन्त्यस्टी गरिएको छ ।

 

Photo Album;

{vsig}photos/swa-narkumari-sarabja-tamu/{/vsig}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments