कोने (घोंडे/घोताने) तमु समाज युके (KG3) का अध्यक्ष क्याप्टेन पीताम्बर गुरुङ र पहिलो नेपाल स्टार विजेता एलिना गुरुङले एलिनाको सांगीतिक यात्रामा सहयोग गर्ने सबैलाई एक कार्यक्रमका बीच धन्यवाद ज्ञापन गर्नुभएको छ । सन् २०२१ मा पहिलो नेपाली स्टार बनेपछि कोने (घोंडे/घोताने) तमु समाज युके (KG3) को निमन्त्रणामा एलिना बेलायत जानुभएको हो । यो उनको नेपाल स्टार बनेपछि बिदेशको पहिलो सांगीतिक यात्रा हो ।
बेलायतमा एलिनाले कोने (घोंडे/घोताने) तमु समाज युके (KG3) ले आयोजना गरेको वार्षिक भाइखलक तथा चेलिबेटी भेटघाट कार्यक्रम – २०२२ मा पहिलो सांगीतिक प्रस्तुति राख्नुभएको थियो । त्यसपछि बेलायतमा रहेका तमु समाज युके, तमु धीं युके, कालावाङ तमु समाज युके, सिक्लेस पाचे खिलङ तमु समाज युके, खोसोभो गुरुङ समाज युके, जोजु पूर्वेली गुरुङ समाज युके र भुजुङ समाज युके लगायत दुई दर्जन जति नेपाली समाजहरुमा गर्विलो प्रस्तुति राख्ने अवसर प्राप्त भयो ।
यस बाहेक गोर्खा कपको फाइनल म्याचमा पनि एलिनालाई आफ्नो प्रस्तुति राख्ने अवसर प्राप्त भएको थियो भने अल्डरसटको प्रख्यात प्रिन्सेस हलमा १६ जुलाइ २०२२ मा आयोजित एलिना गुरुङको एकल साँझ भव्य रूपमा सफल भयो। जुन कार्यक्रममा एलिनाले लोक, पप, आधुनिक, नेपाली तथा हिन्दी चलचित्रका गीत गाउनुभएको थियो । यस कार्यक्रमबाट बेलायत बासी निकै प्रभावित भएका थिए । यसबाट एलिनाले निकै चर्चा पाएको KG3 युकेका अध्यक्ष रिटायर क्याप्टेन पीताम्बर गुरुङ बताउनुहुन्छ ।

तमु धीं युकेले सञ्चालन गरेको गोर्खा कपपछी गरिने पार्टी, मोना कप र बेलायतमा भूपूहरुले सञ्चालन गरेका थुप्रै कार्यक्रममा विभिन्न विधामा राखेको प्रस्तुतिलाई पनि बेलायत बासी युवादेखी बृद्धबृद्धले निकै मन पराए । उनी साडे ४ महिनाको बेलायत बसाइपछि गत साउनमा नेपाल फर्कनुभएको हो ।
धन्यवाद कार्यक्रममा एलिना गुरुङले बेलायतको सांगीतिक यात्रा निकै अविस्मरणीय र हौसलापूर्ण रहेको अनुभव सुनाउदै बेलायतमा निमन्त्रणा गरेर एउटा अभिभावकीय भुमिका निभाउनुहुने KG3 का अध्यक्ष क्याप्टेन पीताम्बर गुरुङ, उहाँको परिवार र युकेका सम्पुर्ण नेपाली समाज परिवारप्रति आभार व्यक्त गर्नुभयो ।
उक्त अवसरमा पहिलो नेपाल स्टार एलिना गुरुङ जिताअाै अभियानका संयोजक समेत रहनुभएका संस्कृतीकर्मी स्वर्गीय मेनकाजी गुरुङलाई स्मरण गर्दै एलिना भावुक हुनुभयो । उहाँ भन्नुहुन्छ -” पहिलो नेपाल स्टारको उपाधी जिताउन मेन काजी गुरुको प्रेरणा र योगदान अतुलनीय रहेको थियो “। त्यसैगरी पहिलो नेपाल स्टार बनाउन सहयोग गर्नुहुने स्वदेश तथा विदेशबासी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै प्रमुख अतिथि KG3 का अध्यक्ष क्याप्टेन पीताम्बर गुरुङले बेलायतबासी सबै उमेर समूहका श्रोता दर्शकले एलिनाको भर्साटायल आवाज निकै मन पराएको अनुभव सुनाउनुभयो । उहाँले आगामी दिनमा पनि एलिनालाई हरेक ठाउँबाट सहयोग गर्नपर्ने बताउनुभयो । सो अवसरमा क्याप्टेन पीताम्बर गुरुङले एलिनाको सांगीतिक यात्रामा साथ र अमुल्य सहयोग गर्ने कोने (घोंडे/घोताने) तमु परिवार युके, नेपलीज एसोसिएसन विल्सरका अध्यक्ष ज्ञान गुरुङ, ताङ्तिङ समाज युकेका अध्यक्ष काउन्सिलर लक्ष्य बहादुर गुरुङ, तमु धीं युकेका अध्यक्ष हितकाजी गुरुङ, तमु फोरम युकेका अध्यक्ष रिटायर क्याप्टेन राजु गुरुङ, गुरुङ समाज स्विनडनका अध्यक्ष तिजु गुरुङ, नेपलीज सोसाइटी बर्मिङघमका अध्यक्ष, नेपलीज कम्युनिटि योर्कका अध्यक्ष दुर्गा गुरुङ, इनटेक १/१९९० का अध्यक्ष रिटायर मेजर लोक बहादुर गुरुङ, गोर्खा कपपछिको पार्टीका संयोजक गेरी गुरुङ, मोना कपका तारा गर्बुजामगर, कालाबाङ तमु समाजका अध्यक्ष यशोधा गुरुङ, सिक्लेस पाचे खिलाङ तमु समाज युकेका अध्यक्ष कोल प्रसाद गुरुङ, तानचोक भाइखलक युकेका अध्यक्ष मेजर हितमान गुरुङ, खोसोभो गुरुङ समाज युकेका अध्यक्ष धरम गुरुङ, ताङतिङ घोथाने युकेका अध्यक्ष काउन्सिलर लक्ष्य बहादुर गुरुङ, १ गोर्खा राइफल्सका अध्यक्ष गोर्खा मेजर 1RGR मेजर राजेश गुरुङ, ब्यक्सिहिथ नेपाली समाज युकेका अध्यक्ष केशर बहादुर गुरुङ, जोजु पूर्वेली गुरुङ समाज युकेका अध्यक्ष चित्र बहादुर गुरुङ, लोक दोहोरी प्रतिष्ठान शाखा युकेका अध्यक्ष टंक शेरचन, गुरुङ कल्चरल सोसाइटी युकेका अध्यक्ष कुमार गुरुङ, मगर कन्सर्टका सरु राना गुरुङ लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै इन्द्र घोथाने , KG3 युकेका उपाध्यक्ष कुमार गुरुङ, तमु धीं युकेका संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङ, तमु धीं युकेका निवर्तमान अध्यक्ष नन्दजङ्ग गुरुङ, एलिनाको काका गम बहादुर गुरुङ, KG3 का आमा प्रमुख चन्द्र कुमारी गुरुङ, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, तौ बहादुर गुरुङ, घोथाने दिदीबहिनी युके, युकेकी गायिका ममता गुरुङ, कसर गुरुङ, ब्रेकनका हरि सिंह वाइबा, योर्कका दुर्गा गुरुङ, बथ सिटिका सेरा गुरुङ, ताङतिङ चेलीबेटी युके, भुजुङ समाज युके लगायतलाई विशेष धन्यवाद दिनुभयो ।

चिउली पाचे तमु समाज पोखराका अध्यक्ष कप्तान शमशेर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दूध पोखरी तमु समाज पोखराकी उपाध्यक्ष चन्द्र माया गुरुङले गर्नुभएको थियो ।
