Homeसमाचार | NEWSनेपाल | NEPALपोखरा हेम्जाका ३०० घर डुबानमा, ५०० बढी विस्थापित….....

पोखरा हेम्जाका ३०० घर डुबानमा, ५०० बढी विस्थापित……..

गए रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५, हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन्।

वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर बस्तीमा पानी पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले जानकारी दिए।

यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइएको छ। डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन नपाएको पनि वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति गरे पनि मानवीय क्षति भएको छैन’, उनले भने । उनका अनुसार घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो।

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताए।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६, अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । पहिरोबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले बताए। रासस

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments