Homeसमाचार | NEWSनेपाल | NEPALनेपाली कांग्रेसको उपसभापतिमा पहिलो पटक तमू समूदायबाट धनराज तमू निर्वाचित

नेपाली कांग्रेसको उपसभापतिमा पहिलो पटक तमू समूदायबाट धनराज तमू निर्वाचित

नेपाली कांग्रेसको उपसभापतिमा पहिलो पटक तमू समूदायबाट धनराज तमू निर्वाचित

पौष १, २०७८ / काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पहिलो पटक तमू समूदायबाट उपसभातिमा निर्वाचित भएका छन्। धनराज तमू निर्वाचित भएका छन् ।

बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा शेखर कोइराला समूहबाट निर्वाचन लडेका स्याङ्गजाका धनराज तमू उपसभापतिमा निर्वाचित भएका हुन् ।

यो सँगै उनी तमू समुदायबाट नेपाली कांग्रेसको उपल्लो कार्यकारी पदमा पुग्ने पहिलो व्यक्ति बनेका छन्। तमूले जम्मा २ मत अन्तरले उपसभापति पद जितेका हुन्।

तमूसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।

निर्वाचन समितिका अनुसार धनराज तमूले १९०८ मत पाए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments