Homeसमाचार | NEWSनेपाल | NEPALगण्डकी प्रदेश प्रमुख पृथ्वीमान तमूलाई तमू सञ्चारकर्मी संघको तर्फबाट बधाई ज्ञापन

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान तमूलाई तमू सञ्चारकर्मी संघको तर्फबाट बधाई ज्ञापन

पोखरा । गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका पृथ्वीमान तमूलाई तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको तर्फबाट सम्मान तथा बधाई ज्ञापन गरेको छ। आज प्रमुखको कार्यालयमै पुगेर संघका पदाधिकारीहरुले प्रदेश प्रमुखमा नियुक्त भएकोमा तमूलाई सम्मान गरी बधाई दिएका हुन्।

उक्त अवसरमा प्रदेश प्रमुख गुरुङका स्वकीय सह सचिव सम्राट गुरुङलाई पनि खादा लगाई सम्मान गरि बधाई दिएको थियो |

सम्मान, बधाई तथा भेटघाटको लागि संघको तर्फबाट अध्यक्ष रबिन तमू, उपाध्यक्ष चित्र बहादुर तमू (लाला), सदस्यहरु मणी सरब्ज तमू र किरण प्हच्यु तमूस्यो सहभागी रहेका थिए।

भेटमा सञ्चार क्षेत्रमा तमू समुदायको सहभागिताबारे महत्वपूर्ण छलफल समेत भएको संघका अध्यक्ष रबिन तमूले जानकारी दिए।

फोटो ग्यलरी 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments