Homeसमाचार | NEWSप्रबास | NRN"जहाँ गए पनि जहाँ रहे पनि क्होइबों धिं बनाउनु पर्छ" गित रचनाकार...

“जहाँ गए पनि जहाँ रहे पनि क्होइबों धिं बनाउनु पर्छ” गित रचनाकार गुरुङले क्होइबों निर्माणको लागि पाँच लाख पचपन्न हजार पाँच सय पाँच आर्थिक सहयोग |

“हामी तमु(गुरुङ)हरु जहाँ गए पनि जहाँ रहे पनि क्होइबों धिं बनाउनु पर्छ” गितका  रचनाकार गुरुङले क्होइबों निर्माणको लागि पाँच लाख पचपन्न हजार पाँच सय पाँच आर्थिक सहयोग प्रदान गरे |

जेठ ३/ मे २१ | मणी सरब्ज तमु | रमणीय घान्द्रुक गाउँ(कोंड नांसा)मा पाँच करोड रुपियाँको लागतमा निर्माणाधिन तमु मौलिक धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने धरोहर तमु क्होइबों(मन्दिर) निर्माण गर्न पुरानो ठेगाना घान्द्रुक कोट गाउँ हाल यु.के निवासी घान्द्रुक क्होइबों यु.के. को आर्थिक सङकलन समिति युकेको सँयोजक एवं समाजसेवि श्री गम योज तमु(गुरुङ) र परिवारको तर्फबाट रु.५,५५,५,५५/-(पाच लाख पचपन्न हजार पाच सय पाँच रुपैया) आर्थिक सहयोग प्रदान गर्नु भएको छ |

तमु(गुरुङ) मौलिक धर्म, संस्कार, संस्कृति र पहिचानको सम्रक्षण, सम्बर्द्धन गर्न र आफ्नो पितृ(खे-माँ)को स्मृतिको लागि उक्त रकम घान्द्रुक(कोंड) क्होईबों निर्माण आर्थिक समितीलाइ प्रदान गरेको समितिको प्रचारप्रसार संयोजक रत्ना गरब्ज तमु(गुरुङ)ले मिलान विश्व समाचार(www.milanworld.news) का प्रबन्धक निर्देशक मणी सरब्ज तमुलाई जानकारी दिनु भयो |

संयोजक गम गुरुङ “हामी तमु(गुरुङ)हरु जहाँ गए पनि जहाँ रहे पनि क्होइबों धिं बनाउनु पर्छ” भन्ने बहुचर्चित गुरुङ गितका रचनाकार हुन् | उहाँले थुप्रै गुरुङ र नेपाली भाषाका गित र कविताहरु लेखि सक्नु भएको छ |

कवि, संगीतकार एव रचनाकार गुरुङलाई यति ठुलो रकम आर्थिक सहयोग प्रदान गरेकोमा तमु प्ये ल्हु संघ घान्द्रुक इकाई समितिका अध्यक्ष एवं घान्द्रुक(कोंड) क्होईबों निर्माण आर्थिक समितीका अध्यक्ष एवं सदस्यहरुद्वारा धेरै धेरै धन्यवाद  दिदै, हाम्रो पितृ(खे-माँ) र मेस्रम बराह देउताको कृपा र आशिर्वादले उहाँको परिवारमा सदा सुख-शान्ति र सुख-सम्वृद्धि, उत्तरोत्तर प्रगति, सफलता तथा चिरायुको शुभकामना व्यक्त गर्नु भयो।

फोटो ग्यालेरी 

हाल घान्द्रुक गाउँमा जन्म भइ देश बिदेशमा बसोबास गरेका तमु तथा गैर तमु(गुरुङ)हरुबाट क्होइबों निर्माण गर्नको लागि लाखौं रुपियाँ आर्थिक सहयोगहरु आइरहेको घान्द्रुक(कोंड) क्होईबों निर्माण आर्थिक समितीका अध्यक्षले जानकारी दिनु भयो |

म्युजिक भिडियो

“हामी तमु(गुरुङ)हरु जहाँ गए पनि जहाँ रहे पनि क्होइबों धिं बनाउनु पर्छ”

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments