Homeसमाचार | NEWSखेलकुद | SPORTSनेपाल पावर लिफटिङ प्रतियोगिताका बिजेता टेकेन्द्र गुरुङलाई खिलाङ तमू समाजको बधाई

नेपाल पावर लिफटिङ प्रतियोगिताका बिजेता टेकेन्द्र गुरुङलाई खिलाङ तमू समाजको बधाई

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ निवासी खेलाडी टेकेन्द्र गुरुङले ५० वर्ष भन्दा मुनिको पुरुष तर्फको पवार लिफटिङ खेलमा ५६० केजी तौल उचालेर प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।

नेपाल पावर लिफटिङ एशोसियशनले गत चैत्र २८ गते काठमाडौमा आयोजना गरेको खेलमा गुरुङले उक्त उपाधी जितेपछि हिजो पोखरा ११ फूलबारीमा रहेको खिलाङ तमू समाजले एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा खिलाङ तमू समाजका अध्यक्ष क्या.गणेश गुरुङ र महिला समितिकी अध्यक्ष टिकादेवी गुरुङले गुरुङ परम्परा अनुसार फेटा, खादा र फूलमाला लगाई बधाई एवं सम्मान गर्नुभएको थियो भने खिलाङको क्रिजी लेम्मै भाइखलकद्धारा चाँदीको पुचैले सम्मान गरिएको थियो कार्यक्रममा क्रिजी लेम्मै चेलीबेटीद्धारा भाङग्रा ओडाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बिजेता खेलाडी गुरुङले आफूले यो उमेरमा आएर पनि एउटा युवा जोश र जाँगरको साथमा प्रतियोगितामा भाग लिएको भन्दै उपाधी जित्दा अत्यन्तै खुसी लागेको बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments