Homeसमाचार | NEWSप्रबास | NRNतमू धीं दक्षिण कोरियाद्धारा पूर्व सचिव गुरुङलाई विदाई

तमू धीं दक्षिण कोरियाद्धारा पूर्व सचिव गुरुङलाई विदाई

बोम्जन गुरुङ, दक्षिण कोरिया । तमू धीं दक्षिण कोरियाका निवर्तमान केन्द्रीय कार्यालय सचिव नन्दजंग गुरुङलाई संस्थागत रुपमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । यही ०२ मे २०२१ मा दिन सउल स्थित दर्शन नमस्ते रेष्टुरेन्ट दोङ्देमुनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

करीब ५ वर्ष अघि रोजगारीको सिलसिलामा कोरिया प्रवेश गर्नुभएका गुरुङ तमू धीं दक्षिण कोरियाको आठौं केन्द्रीय समिति अन्तर्गत कार्यालय सचिवका रुपमा आबद्ध रहेर संस्थाप्रतिको सकारात्मक चिन्तन, वैचारिक सुझबुझका साथ सक्रिय उपस्थिति देखाउनुभएको र उहाँ केही दिनमा कोरिया बसाईलाई बिट मार्दै नेपाल जानुहुने भएकोले उहाँलाई सम्मान तथा बिदाई गरिएको हो । केन्द्रीय अध्यक्ष लेसन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान तथा विदाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक भिम गुरुङ (पर्वत), विशेष अतिथि संस्थाका निवर्तमान अध्यक्ष/वर्तमान वरिष्ठ सल्लाहकार जित गुरुङ, अतिथिहरुमा तमू धीं दक्षिण कोरियाका केन्द्रीय सल्लाहकार तथा गैर आवासीय नेपाली संघ (NRNA) का निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) का निवर्तमान वरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, तमू धीं दक्षिण कोरियाका केन्द्रीय सल्लाहकार खोम प्रसाद गुरुङ र पूर्व केन्द्रीय महासचिव श्रीराम गुरुङ, अन्नपूर्ण दूधपोखरी समाजका अध्यक्ष देव नारायण गुरुङ लगायत व्यक्तित्वहरुका उपस्थितिका नन्दजंग गुरुङलाई मायाको चिनो सहित दोसल्ला र खादाले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा वर्तमान नवौं कार्यसमितिको रिक्त रहेको सदस्य पदका लागि मञ्जु गुरुङलाई सर्वसम्मत मनोनयन गर्दै संस्थामा आबद्ध गरिएको छ । यसका साथै आठौं कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा विदाई कार्यक्रम समेत जोडिएको थियो । संस्थाको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय सचिव तुरन बहादुर गुरुङले गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments