Homeसमाचार | NEWSनेपाल | NEPALअमेरिकाबाट मृगौला पिडित हेम कुमारी गुरुङलाई आर्थिक सहयोग

अमेरिकाबाट मृगौला पिडित हेम कुमारी गुरुङलाई आर्थिक सहयोग

लमजुङ । क्व्होलासोँथर गाउँपालिका मृगौला पिडित हेमकुमारी गुरुङलाई प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । क्व्होलासोथर गाउँपालिका–१ नजरे स्थायी घरभई हाल पोखरा बस्दै आउनुभएकी मृगौला पिडित गुरुङको उपचारका लागि २ लाख ८० हजार रुपैयाका सहयोग प्राप्त भएको हो ।

नजरे स्थायी घर भई हाल अमेरिकामा बस्दै आउनुभएका गमप्रसाद गुरुङको नेतृत्वमा गुरुङ र तमु परिवार न्युयोर्कले सयुक्त रुपमा आर्थिक संकलन गरी मृगौला पिडित गुरुङलाई सहयोग पठाएका हुन् । संकलित सहयोग रकम तमु चलचित्रकी नायिका उर्मिला गुरुङ मार्फत पिडित गुरुङलाई हस्तान्तरण गरिएको हो ।

मृगौला पिडित गुरुङको उपचारको लागि यसअघि बेलायतमा रहेका लमजुङेहरुले पनि आर्थिक सहयोग पठाएका थिए । क्होलासोँथार–१, नजरे घर भई हाल वेलायतमा रहेका व्यक्तिहरुको नेतृत्वमा बेलायतमै रहेका लमजुङेहरुबाट संकलित ६ लाख ४ हजार ७ सय ७० रुपैया पठाएका थिए । गुरुङको उपचारको लागि विभिन्न व्यक्ति तथा परिवारले सहयोग गर्दै आएका छन् ।

दुईवर्ष अघि दुवै मृगौला फेल भएर हाल उपचारको क्रममा रहेकी ७० वर्षिया हिम कुमारीलाई फागुनबाट नियमित उपचार हुँदै आएको छ । डाइलसिस गर्दा तथा अन्य उपचार र औषधी खर्च धेरै लाग्ने भएपछि आमाको उपचारमा समस्या भएको पिडितका छोरा पदम गुरुङले वताउनुभयो । अहिले देश विदेशमा रहेको विभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भएसँगै पिडित हेमकुमारीको उपचारमा धेरै राहत मिलेको पिडित परिवारले जनाएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments