Homeसमाचार | NEWSसमाज | SOCIETYक्होला ट्हो धीं तमु समाजलाई गीतकार गुरूङले चालिस हजार पन्ध्र रुपियाँ पुरस्कार...

क्होला ट्हो धीं तमु समाजलाई गीतकार गुरूङले चालिस हजार पन्ध्र रुपियाँ पुरस्कार प्रदान

क्होला ट्हो धीं तमु समाजका आमा-बाबाको  सामुहिक नृत्य समुहले तमु पे ल्हु संघ केन्द्रिय समिति, कास्की जिल्ला समिति, केन्द्रिय महिला र युवा समितिले आयोजना गरेको अन्तरसमाज सामुहिक नृत्य प्रतियोगितामा आफ्नो गीत “छी थोबर हयाले, सिं थोबर हयाले”  गीतमा नृत्य गरि प्रथम स्थान प्राप्त गरि आफ्नो गीतलाई युट्युब, फेसबुक एव बिभिन्न सामाजिक संजालमा बहुचर्चित/भाइरल बनाइदिएकोमा खुशी हुँदै  गीतका  रचनाकार, गीतकार, तमु प्ये ल्हु संघ युकेका आजीवन सदस्य  एव हाम्रो समाजका सदस्यका भान्जा पुरानो घर कोटगाउँ, घान्द्रुक हाल  युकेबासी  गम बहादुर योंजा तमुले क्होला ट्हो धीं तमु समाजलाई पुरस्कार स्वरूप  चालिस हजार पन्ध्र रुपियाँ (रु.४०,०१५ ) उहाँको भाई मन भक्त योंजा तमुद्वारा हस्तातरण  गरि बधाई तथा शुभकामना दिनु भएको छ  | 

उक्त गीतमा समाजको नृत्य समुहको अभिनय नृत्यमा म्युजिक भिडियो निर्माण  के कसरि गर्ने भनेर भविष्यमा समाजसंग बसी  सरसल्लाह गरि त्यहि निर्णय अनुसार, म्युजिक भिडीयो निर्माण  गर्ने  विचार गरिरहेको  उहाँले फेसबुक म्यासेन्जरबाट समाजका सदस्य, छ्याजलो न्युज डट कम का संचालक एवं पत्रकार  मणी सरब्ज तमुलाई कल(Call) गरि जानकारी  गर्नु भएको छ | गम बहादुर तमु बहुचर्चित गित  “क्होईबो धिं” गीतका शब्द रचनाकार र  गीतकार पनि  हुन्  जसको म्युजिक भिडियो  बनिसकेको छ |

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments