मिलन फाउन्डेसन नेपालका संरक्षक, समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई तमु ट्हो ह्युल हङकङ महिला बिभागले तमु सांस्कृतिक प्रतिस्ठान नेपालको सहयोगार्थ आयोजित तमु भेला तथा परोपकारी रात्रीभोज कार्यक्रममा आइतबार हङकङको जोर्डनमा बधाई तथा सम्मान गरेको छ । 
गुरुङलाई संस्थागत रुपमा गुरुङ फिल्म एशाेसियसन नेपाल ( जिफान ) को केन्द्रिय सल्लाहकारमा चयन हुनुभएकाेमा तमु ट्हाे ह्युला हङकङ महिला बिभागद्धारा बधाई तथा सम्मान गरेको हो ।

हङकङको जोर्डन स्थित ब्लुओसन रेस्टुरेन्टमा भएको कार्यक्रममा तमु धि नेपालका केन्द्रिय अध्यक्ष कर्म गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशेष अतिथि तमु ट्हाे ह्युला हङकङका अध्यक्ष बिजय तमु तथा ,एनआरएन हङकङकाा अध्यक्ष टीका गुुुरुङ , हङकङ नेपाली महासंघका अध्यक्ष टेेेक राना, तमु प्येे ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुुङ, लगााायत विभिन्न संस्थाका महिला अध्यक्षहरु र महिला बिभागका सम्पूर्ण कार्यसमिति र हङकङ बासी गुरुङहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तमु ट्हो ह्युल हङकङ महिला बिभाग हङकङका अध्यक्ष कविता गुरुङको अध्यक्षतामा भएको कार्ययक्रममा स्वागत एनआरएन हङकङकाा अध्यक्ष कविता गुरुङले र सन्चालन तमु ट्हाेे ह्युल महिला बिभागका सचिव गिता गुुुरुङले गर्नु भएको थियो ।

