Homeसमाचार | NEWSसमाज | SOCIETYतमु प्ये ल्हु संघ चितवनले ल्होसार पुस ११ गते मनाउने

तमु प्ये ल्हु संघ चितवनले ल्होसार पुस ११ गते मनाउने

तमु प्ये ल्हु संघ चितवनले ल्होसार पुस ११ गते मनाउने

चितवन । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनले यस वर्षको तमु ल्होसार नारायणी नदि किनारमा मनाउने भएको छ।

संघले विविध साँस्कृतिक कार्यक्रम सहित यहि पुस ११ गते शनिबारका दिन नारायणी नदि किनारमा तमु ल्होसार मनाउने भएको हो।
संघको मंसिर २५ बसेको नियमित मासिक बैठकले गरेको निर्णय बमोजिम यहि पुस ११ गते नारायणी नदी किनारमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विविध साँस्कृतिक कार्यक्रम सहित जिल्ला स्तरीय रुपमा यस वर्षको तमु ल्होसार मनाउन लागिएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो। कार्यक्रममा संघको २२ वटा इकाई समितिको समेत प्रतिनिधित्व गराई ल्होसार मनाईने उहाँले बताउनुभयो।
यसका लागि संघले सम्बन्धित सबैलाई पत्राचार गर्न सुरु गरिसकिएको छ। यस्तै यसपालीको तमु ल्होसार फरक किसिमले मनाउने पनि संघले जानकारी दिएको छ। जस अनुसार आगामी वर्ष हुन लागेको राष्टिय जनगणनालाई मध्यनजर गर्दै धर्मको महलमा तमुहरुको मौलिक धर्म वोन लेखौ भन्ने अभियानलाई तमु ल्होसारमा समेत निरन्तरता दिईनेछ। 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments