Homeसमाचार | NEWSनेपाल | NEPALचिसापानीमा स्मृतिपार्क शिलान्यास

चिसापानीमा स्मृतिपार्क शिलान्यास

रुपागाउँपालिका, वडा नं. ६, चिसापानी गाउँको थाप्ले डाँडामा चिसापानी टोल सुधार समितिको आयोजनामा “कान्छा लामा स्मृतिपार्क” को शुक्रबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडाध्यक्ष नारायण गुरुङले शिलान्यास गरेको उक्तपार्क निर्माण सोही गाउँका लामा गुरु बिर्ख बहादुर गुरुङको स्मृतिमा उहाँलाई अमर राख्न र रोयल ट्रेकिङ रुटमा पर्ने यो पर्यटकिय चिसापानी गाउँको पर्यटन प्रवद्र्धनको अवधारणा सहित गरिएको हो । लामा गुरुका दुई छोराहरु हिमाल गुरुङ र बिमल गुरुङको नेतृत्वमा अगाडि बढेको यो योजनालाई वडाध्यक्ष गुरुङले वडाबाट पनि केही बजेट निकास गर्ने प्रतिबद्धता दिएका छन् । लामा गुरु गुरुङको निधन २०७६, असार २५ गते भएको थियो ।

यो क्षेत्रमा उहाँको शक्तिको प्रभाव निकै बलियो थियो । कोही बिरामी भए यज्ञ गर्न, प्राकृतिक शक्तिबाट धनजन तथा बालीनाली जोगाउन, विभिन्न खालका त्हात्हें (पूजा, यज्ञ) गर्न उहाँको तन्त्रमन्त्रप्रति यो क्षेत्रका मानिसहरु अति नै विश्वास गर्थे । 


कार्यक्रममा माझकोट, मोहोरिया, खडागाउँ, थापागाउँ, लगायतका विभिन्न गाउँहरुबाट धेरै मानिसहरुको सहभागिता रहेको थियो । माथिल्लो खडागाउँबाट रु १५,५००।–, तल्लो खडगाउँबाट रु १५,००५।–, मावालीतर्फबाट रु ६९,०००।– आर्थिक सहयोग प्राप्त भइसकेको छ भने प्हच्यु भाइखलक, प्हच्यु चेलीबेटी र चिसापानी गाउँलेले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता दिइएका छन् । अनुमानित लागत खर्च रु ११ लाखमापार्क निर्माण कार्य सम्पन्न हुने योजना रहेकोपार्क निर्माण समितिका संयोजक धनबहादुर गुरुङले जानकारी दिए । 

कान्छा लामा स्मृतिपार्क, चिसापानीका संयोजक धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गमबहादुर गुरुङ, केयरसिंङ गुरुङले मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन चिसापानी टोल सुधार समितिका संयोजक केश बहादुर गुरुङले गरेका थिए । साथै पार्कको उद्घाटन लामा गुरुकी धर्मपत्नीको बर्षी पुग्ने दिन आगामी कात्तिक ७ गते गर्ने लक्ष्य रहेको पनि लामा गुरुका छोरा गुरुङले बताए । 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments