लन्डन । मेजर उदयबहादुर गुरुङ एम.बी. ई. ले आइतबार ३० अगस्ट, २०२० मा भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको अनलाइन (जुम) मिटिङ (कार्यक्रम) गर्नुभएको थियो ।

कार्यक्रमको मूल उद्देश्य नेपालबाट बेलायत आएर बसोबास गरेका गुरुङहरुमध्ये गुरूङ भाषामा भ्लोन्मे/प्ल्होन्मे भनेर चिनिने गुरूङहरुलाई गोलबन्द गर्नुको साथै गुरुङ थरहरुमध्येको गुरूड भाषामा भ्लोन्मे/प्ल्होन्मे भनेर चिनिने थर गुरूङहरूको थरमध्ये एउटा मूल थर हो भनेर चिनाउनु रहेको छ । भ्लोन्मे/प्ल्होन्मे भनेको सारमा एउटै मूल थर हो । ठाउँअनुसार उच्चारणमा केही भिन्नता देखिएको मात्र हो भनेर प्रस्ट पार्नु भएको थियो ।
उक्त भर्चुअल मिटिङगको अन्य उद्देश्यहरुमा आफ्नो संस्कार, संस्कृति, पहिचान र इतिहासलाई कसरी बचाएर राख्न सकिन्छ भन्ने विषयका साथै हाम्रो संस्कार, संस्कृति र बंशावलीको खोज अनुसन्धान गरी सकेसम्म यर्थाथमा आधारित लिखित दस्तावेज तयार गरी दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।
समय र परिस्थितिले हामीहरू संसारभरी छरिएर बसेका छौं । हामीहरुको अलिखित पहिचानहरु हचुवाको भरमा हामीहरूलाई मान्य नहुने धारणाहरू बिभिन्न ब्यक्ति विशेषहरुबाट विभिन्न माध्यमबाट आइरहेकोले त्यस्ता धारणाहरुलाई चुनौती दिँदै अस्वीकार गरिएको छ ।
आफ्नो पुर्खेउली थलो, पुर्खाहरू बाट बिराशतको रुपमा पाएको आफ्नो मुल थर साथै आफ्नो संस्कार, रिती रिवाज को संरक्षण र सम्बर्धन का लागि चिन्तन मनन गरि बेलायतमा भएका सम्पूर्ण भ्लोन्मे/प्ल्होन्मे बुद्धि जिबीहरू को भेलाले मेजर उदय बहादुर (भ्लाेन्मे)गुरुङ यम. बि. ई. को नेतृत्वमा भ्लोन्मे/प्ल्होन्मे गुरुङ हरूको एउटा कार्य समिति गठन गरिएको छ ।
कार्यसमितिको पदाधिकारीहरू यसप्रकार छन् ।
Trustee/Chairman – Major (Retd) Udaibahadur (Bhlonme) Gurung MBE
Trustee/Deputy Chairman – Captain (Retd) Krishna Bahadur (Plhonme) Gurung
Trustee/Secretary – Mr Lal Prasad (Plhonme) Gurung BEM
Trustee/Assistant Secretary – Mr As Bahadur (Plhonme) Gurung
Trustee/Treasurer – Mr Krishna Bahadur (Plhonme) Gurung
Trustee/Media Coordinator – Captain (Retd) Rajendraman (Plhonme) Gurung
Trustee/Ladies Coordinator – Mrs Sudha (Plhonsyo) Gurung
Trustee/Culture and Tradition Coordinator and Master of Ceremony – Mr Yogesh (Plhonme) Gurung
Trustee/Property Coordinator – Captain (Retd) Bakhat Bahadur (Bhlonme) Gurung
Trustee/Food and Beverages Coordinator – Mr Krishna Bahadur (Plhonme) Gurung
Advisors
Kaski – Inspector (Retd) Khem Bahadur (Bhlonme) Gurung
Parbat – Mr Janga Bahadur (Plhonme) Gurung
Syangja – Mr Hari Prasad (Plhonme) Gurung
Khotang – Mr Dirgha (Bhlonme) Gurung
Area Representatives
Kaski
Mr Gopichandra (Bhlonme) Gurung
Mr Surya Bahadur (Plhonme) Gurung
Mr Dharma Raj (Bhlonme) Gurung
Parbat
Major (Retd) Guptaman (Plhonme) Gurung MVO MBE
Mr Hit Kaji (Plhonme) Gurung – Vice President TDUK
Mr Madan (Plhonme) Gurung
Syangja
Mr Padam Bahadur (Plhonme) Gurung
Lamjung
Mr Lachhin Bahadur (Bhlonme) Gurung
Khotang
Mr Dirgha (Bhlonme) Gurung
यस ऐतिहासिक भेलाले संस्थाको विधान लेख्ने र संयुक्त्त अधिराज्य बेलायत र वेल्सको कानुनभित्र रही संस्थालाई च्यारिटीमा दर्ता गर्ने समेत निर्णय गरिएको छ । आगामी वर्षमा भ्लोन्मे/प्ल्होन्मेहरु बसोबास रहेको नेपालका विभिन्न गाउँहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरी अभिलेख तयार गर्ने निर्णय गरिएको छ ।
साथै वर्षमा एक पटक सम्पूर्ण बेलायतवासी भ्लोन्मे/प्ल्होन्मेहरुको रात्रिभोज आयोजना गरी भेटघाट कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ । भविष्यमा संसारभरि छरिएर रहेका भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुलाई समेत समेटने लक्ष्य रहेको छ ।
भ्लोन्मे/प्ल्होन्मेहरुको ऐतिहासिक भर्च्युअल बैठकमा ३५ जना महानुभावहरुको उपस्थिति रहेको थियो । सम्पूर्ण महानुभावहरुले धेरै गहन तथा महत्व पूर्ण विषयहरुमा आ-आफ्नो राय सुझाब दिनुभएको थियो । सबै महानुभाबहरूले आगामी दिनहरुमा यस अभियानलाई आफ्नो तर्फबाट आर्थिक, नैतिक तथा भौतिक सहयोग रहने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
बैठकको अन्तमा नवगठित संस्थाको अध्यक्षमा चयन हुनु भएका मेजर उदयबहादुर भ्लोन्मे गुरुङ एम.बी.ई. ज्युले भन्नुभयो- ‘एक दिन यो आकाशमुनि हाम्रो इतिहास लेखिने छ । जुन दिन हाम्रो छाती आकाशजस्तै बिशाल हुने छ र हामी आफूलाई भ्लोन्मे/प्ल्होन्मे भएकोमा गर्ब गर्ने छौं भन्ने विषयमा म दृढ र बिश्वस्त छु ।’ उहाँले उपस्थित हुनुभएका सम्पूर्ण अग्रजहरुलाई यस भ्लोन्मे/प्ल्होन्मे संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मत आफूलाई जिम्मेवारी दिनु भएकोमा आभार व्यक्त गर्नु भयो ।
उहाँले जुम भेलालाई सम्बोधन गर्दै भन्नुभयो-‘यो हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण र संबेदनशील अभियान हो । हामी सबै मिलेर यो अभियानलाई सम्पन्न गर्नु पर्दछ | यो हाम्रो दायित्व र कर्तब्य पनि हो भनि सबै महानुभाबहरुलाई हार्दिक अनुरोध गर्नु भयो | जुन ईतिहासले हामीलाई गर्ब गरोस् र सम्झिरहोस्, सम्झिरहने छ ।’
