Homeसमाचार | NEWSप्रबास | NRNफोटो पत्रकार मिलन तमुको गोर्खा मिडिया डट कम शुभारम्भ

फोटो पत्रकार मिलन तमुको गोर्खा मिडिया डट कम शुभारम्भ

फोटो पत्रकार मिलन तमुको गोर्खा मिडिया डट कम शुभारम्भ | गोर्खा मिडिया सबैको ढुकढुकी बन्नुपर्दछः मन्त्री गुरुङ |

हुम तमु पोखरा, २९ भदौ। लामो समय देखि युकेमा फोटो पत्रकारिता गर्दै आएका मिलन तमुले न्युज पोर्टल गोर्खा मिडिया डट कम सञ्चालनमा ल्याएका छन्।

युकेबाट संचालन हुने गोर्खा मिडिया डट कमको भर्जुअल कार्यक्रम मार्फत प्रमुख अतिथि नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शुभकामना दिदै शुभारम्भ गरेका हुन। यसै बीच उनले एनआरएन युकेले नेपाल का साथै प्रदेशलाई अक्सिजन मेशिन प्रदान गरेको र आफ्नो जिल्लले उक्त मेशिन प्राप्त गरेकोमा एनआर एन युकेलाई धन्यवाद दिए।

प्रमुख अतिथि मन्त्रीले गोर्खा मिडिया डट कम सबैको ढुकढुकी बन्नुपर्ने शुभकामना दिए। बीर गोर्खालीको शानको नामसहित शुभारम्भ भएको मिडियाले स्वभावैले गोर्खा समुदायको पहिचानलाई उजागर गर्नुका साथै सबैको भावनालाई सम्बोधन गर्ने शुभेच्छा मन्त्री गुरुङको थियो।

कार्यक्रममा गैरआवाशीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले नेपाली पहिचान स्थापित, समाचार सत्यतथ्य, सन्तुलित र समावेशी हुने अपेक्षा गरिन्। गोर्खा मिडियाको भुमिका र गैरआवाशीय नेपाली संघ युकेको भुमिका सम्बन्धित हुने भएकाले सहकार्य गर्ने बताउदै नागरिकता र गोर्खाजको समस्याबारे नेपाल सरकार संवेदनशील भईदिन प्रमुख अतिथि मन्त्री गुरुङलाई उनले आग्रह गरिन्।

नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाड्डीले मिडीया बृद्धि सगै समुदाय, पाठकलाई फाइदा हुने दाबी गर्दै अक्षर भन्दा फोटो र भिडियोमा खेल्दै आएका मिलन तमुले गोर्खा मिडीया मार्फत क्षमता प्रस्तुत गर्ने बताए। तमु प्ये ल्हु संघ युके अध्यक्ष मेजर खुशीमान गुरुङ ले गोर्खा मिडियाले छिट्टै सफलता हासिल गर्ने बताए।

फोनिजले अध्यक्ष डण्ड गुरुङले छुट्टै पहिचान सहितको गोर्खा मिडीया बनोस् भन्ने शुभकामना दिए।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ ले यूकेमा लेन्स विशिष्ट नाम मिलन तमु प्रबन्ध निर्देशक र पत्रकारितामा लामो अनुभव भएको हुम तमु सम्पादक गोर्खा मिडीया ब्रान्ड बन्ने शुभकामना दिए।

मगर संघ युके उपाध्यक्ष राम गलामीले शुभकामना दिँदै सधैं सहयोग गर्ने बताए।

शुभारम्भ कार्यक्रमको अध्यक्षता गरेका प्रबन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै साथ सहयोगको आग्रह गरेका थिए भने कार्यक्रम सम्पादक हुम बहादुर गुरुङले गरेका थिए।

Video

फोटो ग्यालेरी /PHOTO GALLERY

{AG}gurkha-media-open{/AG}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments