Homeसमाचार | NEWSप्रबास | NRNतमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक

तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक

तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक
पोखरा, १३ भदौ ।

तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक परेको छ।बाबा क्षेसराज गुरुङको ८६ वर्षको उमेरमा राती १२ः३५ बजे पोखराको चरक हस्पिटलमा उपचारको क्रममा निधन पश्चात निवर्तमान अध्यक्ष गुरुङलाई पितृशोक परेको हो।

करिब डेढ दशक अघिदेखि पक्षघात लगायतको स्वास्थ्य समस्यामा रहनुभएका स्वर्गीय गुरुङको पिसिआर टेष्ट गरिने भएको छ भने उक्त टेष्टको रिपोर्ट पछि मात्र अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।
समाजसेवी स्वर्गीय गुरुङ पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.८(तत्कालिन ठानामौला गाविस वडा नं.७)खाल्टे हर्राबोट गाउँ भई हाल पोखरा महानगरपालिका नयाँबजार प्रदर्शनी मार्ग निवासी चारभञ्ज्याङ तमु समाज पोखराका विशेष सहयोगदाता हुनुहुन्थ्यो।

स्वर्गीय गुरुङको २ छोरा र ४ जना छोरी मध्ये जेठा युके छोरा फोक्टन निवासी तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, बुहारी तमु धिं युके आमा समितिकी निवर्तमान अध्यक्ष प्रेमकुमारी गुरुङ, कान्छा छोरा अल्डरसट निवासी लालकाजी गुरुङ बुहारी इन्द्रा गुरुङ र छोरीहरु जेठी र माइली नेपाल मै हुनुहुन्छ भने साईली कृष्णकुमारी गुरुङ र कान्छी रामकुमारी गुरुङ युके अल्डरसटमा बसोबास गर्नुहुन्छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments