Homeसाहित्य | LITERATUREहामी उपेक्षित आदिवासी (

हामी उपेक्षित आदिवासी (

हामी उपेक्षित आदिवासी

यही राष्ट्रका भूमीपूत्र हौँ
तर हामी उपेक्षित आदिवासी
कर्तव्यबोध नगरी हुँदैन
अधिकार अपेक्षित आदिवासी

हाम्रै पौरख र पसिनाले सिंचित 
यो धर्ती हाम्रै यो माटो हाम्रै
आदिम कालखण्डमा पूर्खाले
छिचोलेका यी मूलबाटो हाम्रै

इतिहास केलाउनु टड्कारो छ
कहाँ किन चुक्यौं आदिवासी
राष्ट्रिय समुदायमा नै विभेद छ
कहिले किन झुक्यौं आदिवासी

मौलिक संस्कृति, मौलिक भाषा
सबै हाम्रो पृथक पहिचान
मौलिकताकै अतिक्रमण नहोस
अब थालौं राष्ट्रिय अभियान

चल्मलाऊँ पौरखी यी हातहरु,
जन्मभूमी पुकार्छिन हामीलाई
रगत पसिना प्रवासमै सिंचिए,
जननी धिक्कार्छिन हामीलाई

कस्तो उन्नति खोज्दैछौं हामी,
देशको उर्वर माटो बाँझो राखेर
कर्म बिनाको खोक्रो रवाफ ब्यर्थ,
सगरमाथाको शिर दाँजो राखेर

असक्षम कदापि छैनौं हामी
आरक्षणको विकल्प बदल्नुछ
आदिवासीको मर्म र अस्तित्व,
संरक्षणको दृढ संकल्प गर्नुछ

नगरौं अबेला ऐक्यबद्धताका
साथ अब जुटौं आदिवासी
आफ्नो पहिचानको आवाज
बुलन्द गर्दै उठौं आदिवासी ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments