Homeसमाचार | NEWSनेपाल | NEPALचन्दा थापा र ओमदेबि गुरुङको संयोजकत्वमा कलाकार थापालाई ५ लाख २8 हजार...

चन्दा थापा र ओमदेबि गुरुङको संयोजकत्वमा कलाकार थापालाई ५ लाख २8 हजार 48 रुपैया सहयोग

चन्दा थापा र ओमदेबि गुरुङको संयोजकत्वमा कलाकार थापालाई ५ लाख २8 हजार 48 रुपैया सहयोग
हुम तमु,पोखरा, १८ असार
शारिरीक फरक क्षमताका, सांगितीक क्षेत्रमा समर्पित कलाकार गंगा थापालाई युके निवासी चन्दा थापा र ओमदेबि गुरुङको संयोजकत्वमा ५ लाख २8 हजार 48 रुपैया सहयोग गरिएको छ।
दश वर्ष युके समेत रहनुभएका, स्याङजा बाडखोला घर भई काठमाडौंलाई कार्य क्षेत्र बनाउनुभएका कलाकार गंगा थापा सहयोगार्थ स्याङजा बाडखोला धोबादी घर भई स्याङजा सहयोग समिति युकेका सदस्य,लण्डन प्लमस्टेड निवासी समाजसेवी चन्दा थापा र स्याङजा फेदीखोला देउराली घर भई साउथ ईष्ट रिजनल तमु धि युकेका सहकोषाध्यक्ष, लण्डन प्लमस्टेड निवासी समाजसेवी ओमदेबि गुरुङको संयोजनमा संकलित सहयोग रकम ५ लाख २8हजार 48 रुपैया हस्तान्तरण गरिएको छ।
सामाजिक अभियन्ताद्धय पार्वती–माया गुरुङलाई मार्च महिनामा जन्मभुमी नेपाल आऊदा रकम हस्तान्तरणको जिम्मेवारी प्रदान गर्दा ५ लाख रुपैया भएको र कोरोना माहामारीबाट नेपाल मै लकडाऊनले काठमाडौं आवात जावात समेत गर्न समस्याले हस्तान्तरणको अवधि लम्बिएकोले थप २8हजार 48 रुपैया सहयोग थपिएको रकम हस्तान्तरण गरिएको हो।
 
लकडाउनमा जन्मभुमि पोखरामै रहनु पर्दा सामाजिक अभियन्ताद्वय पार्वती र माया गुरुङले माईला कान्छा लकडाउन सहयोग अभियान अन्र्तगत नै रकम हस्तान्तरण गरिने योजना भए पनि समय अभावका कारण उहाँको प्रतिनीधित्व गर्दै साउथ इष्ट लण्डन रिजनल तमु धिं युकेकी कार्यसमिति सदस्य धनु घले, बुनु गुरुङ, माहादिप गुरुङ र लाला गुरुङ लगायतले उक्त रकम थापालाई हस्तान्तरण गर्नुभएको हो।
शारिरीक फरक क्षमता, बौद्धिक, आत्मविश्वासी, लगनशील र साङगीतिक यात्रालाई निरन्तरता दिदै केही गर्छु भन्ने इच्छाशक्ति भएका कलाकार गंगा थापालाई ५ लाख २३ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको माइला कान्छा लकडाउन सहयोग अभियानकी एक अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, लकडाउन कठिन अवस्था र अन्त्यन्तै व्यस्ततासँगै युके फर्कनु परेका कारण प्राविधिक कारण हाम्रै हातबाट उक्त रकम हस्तान्तरण गर्न नपाए पछी समाजसेवी ओमदेवी गुरुङ र चन्दा थापाद्धारा संकलित सहयोगको कोशेली धनु घलेसहितले जिम्मेवारी पुरा गरिदिनुभएकोमा धेरै धन्यवाद छ, साथै संचारकर्मी लाला गुरुङ र विजय ढकालको सहयोगप्रति आभारी छौं।
 
सहयोग रकम ग्रहण पश्चात कलाकार गंगा थापाले संगीत नै जीवन सम्झेको मलाई सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो।यो सहयोगले लामो समयदेखि सांगितिक क्षेत्रमा क्रियाशील र साधानरत मलाई ठुलो प्रोत्साहन र सहयोग हुने उहाँको भनाई थियो। २००७ मा काठमांडौ यूनिभर्सिटीबाट छनौट भई संगीत अध्ययनको बेलायतमा अवसरमा पाउनुभएका थापाले १० वर्षे युके बसाईमा आफ्नो ज्ञान र कलालाई बेलायतमा पस्तुत गर्ने अवसर पाएको र बेलायत रहदा साउण्ड अफ वल्र्ड नाल्मो व्याण्ड सञ्चालनको अनुभवले नेपाली संगीत क्षेत्रमा केही गर्नुपर्छ भनि जुटिरहेको जानकारी दिनुभयो।आफ्नो सांगितिक अभियानमा सहयोग गर्ने भान्जी चन्दा थापा मगर, दिदि ओम देवी गुरुङ र माईला कान्छा अभियानका आदरणीय दिदिहरु पार्वती गुरुङ,माया गुरुङ,धनु गुरुङ लगायतलाई धन्यवाद दिनुभयो।
 
यसरी नै सहयोग सयोजकद्वय चन्दा थापा र ओमदेवी गुरुङले सम्पूर्ण सहयोगी हातहरु र रकम हस्तान्तरणमा भुमिका निर्वाह गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments