पोखरा । अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशले आज तमू प्ये ल्हु संघमा निःशुल्क रुपमा Arsenic album -30 औषधी वितरण गरेको छ ।

मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति उच्च बनाउन मद्दत गर्ने सो औषधी एशोसियसनको गण्डकी प्रदेश समितिले पोखरामा निःशुल्क रुपमा बाँडेको हो ।
अहिले देशमा कोरोना भाइरसको महामारी फैलिएको बेला सो औषधीको सेवन गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुनगई रोग लाग्नबाट बचन सकिने अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा.विष्णुप्रसाद चापगाइले बताउनुभयो ।
साथै उहाँले यो औषधी सिकिस्त बिरामी, २ वर्ष भन्दा मुनिका बालबालिका तथा गर्भवती महिला बाहेक अरुले ढुक्कासँग बिहान् उठने बित्तिकै खाली पेटमा सेवन गर्न सकिने बताउनुभयो ।
औषधीको कुनै साइड इफेक्ट नभएको भन्दै सबैले यो जोखिमको बेला यसलाई सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।

अल नेपाल होमियोप्याथिक एशोसियसन नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष तथा किरण होमियो फार्मेसी रामबजारका सञ्चालाक किरण गुरुङले उक्त औषधीको निःशुल्क व्यवस्थापन गर्नुभएको थियो ।
तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूले आफूहरुलाई सो औषधी जतिसक्दो चाँडो १ लाख थान उपलब्ध गराइ दिनुहुन एशोसियशनसँग आग्रह गर्नुभयो ।
उहाँले एशोसियशनबाट सो औषधी पर्यप्त मात्रमा आफूहरुलाई प्राप्त भएमा भोलिदेखि नै तमू प्ये ल्हु संघको इकाइहरु, भातृ सङगठनहरु, प्रदेश समिति तथा जिल्ला समितिहरुलाई समेत वितरण गर्ने भन्दै पर्यप्त औषधीको माग गर्नुभएको हो ।
आज पहिलो चरणमा कार्यक्रममा सहभागि १ सय जनालाई सो औषधी वितरण गरिएको संघका महासचिव हर्क योजा तमूले जानकारी दिनुभयो ।

