पर्वत, फागुन १०
धन बहादुर गुरुङ तथा देवी गुरुङको ८४ औँ पुजाको पुनित अवसरमा आयोजत धनदेवी नि:शुल्क शिविर– २०८०, पर्वत जिल्ला महाशिला गा.पा वडा नं ५ लुंखु देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा बुधवार सम्पन्न भएको हो । सो कार्यक्रमका आयोजक छोरा बुहारी (प्रकाश/माला गुरुङ, विकाश/सावित्री गुरुङ, विजय/सम्झाना गुरुङ), नाता–नाती (सुजु गुरुङ, लब्सन गुरुङ), पनाती श्रीयस गुरुङ हुन ।
उक्त कार्यक्रममा महाशिला गा.पा वडा नं ५, का वडा अध्यक्ष चन्द्र मल्लको अध्यक्षयतामा प्रमुख अतिथि गा.पा ०५,का अध्यक्ष किश्वरी प्रसाद भुसाल द्धारा ब्यानर पढि उदघाटन भएको हो । भुसालले उदघाटन गदै यस्तै सामाजिक परोपकारी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने शिविरमा करिव ४०० जना भन्दा बढीले आखाँ जाँच सेवा लिएको आयोजकले बताए । सो अवसरमा विभिन्न विभागका प्रमुख, कर्मचारी, विद्यार्थी, लगायतको आँखा परिक्षण गरिएकको थियो । स्वास्थ्य शिविरको नेतृत्व डा. सुवास नेपालले गरेका थिए । त्यस्तै गम्भीर समस्या देखिएका १३ जनालाई ११ गते निशुल्क आँखाको अपरेसन गर्न पोखारा हिमालय आँखा हस्पिटलमा आज भर्न गरियको छ । डा. नेपालले गाउँलेहरुलाई हरेक ६ महिनामा आँखा जाँच गराउन सुझाव दिए ।
शिविरलाई सम्पन्न गर्न योगदानको उच्च कदर गर्दै विजय गुरुङले संयोजन मिलन डि.जी इन्टरनेशनल प्रा.लि, हिमालय आँखा हस्पिटलका प्राविधिक सहयोगी, स्काउट क्रिय टिम, मिलन ओल्ड डट न्यूज(www.milanworld.news)का प्रबन्धक मणि गुरुङ, मिलन ग्रुप अफ नेपालका महासचिज सागर पौडेल लगायत अन्यलाई संस्थागत तथा व्यक्तिगत रुपमा मायाको चिनो प्रदान गरेका थिए ।
सो कार्याक्रमका संचालन स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सचिवले गरेका थिए भने समापन वडा अध्यक्ष चन्द्र मल्लले गरेका थिए ।
www.milanworld.news